दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१९ असार २०८२

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले उपप्रमुख कार्यक्रम अन्तरगत नगरपालिकाको विभिन्न माध्यामिक विद्यालयका गरिब जेहेन्दार परिवारका छात्राहरुलाई नगद छात्रवृक्ति आज एक औपचारिक कार्यक्रमका बिच प्रदान गरेको छ । नगरपालिका क्षेत्रमा रहेका सबै १३ वटा माध्यामिक विद्यालका कक्षा ९ देखी १२ सम्म अध्ययन गर्ने हरेक विद्यालयका २ जना छात्राहरु गरि जम्मा २६ जना छात्रा (वालिका)हरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रमको लागि तय गरिएको करिब २ लाख रकमबाट २६ जना छात्राहरुलाई प्रतिव्यक्ती ७६९०। भाग पर्नेगरि छात्रवृत्ती प्रदान गरिएको हो ।
उक्त छात्रवृुत्ती वितरण कार्यक्रमको अवसरमा बोल्दै नगरप्रमुख गणेश कुमार शाहीले हरेक विद्यार्थीहरुमा यतिबेला अनुशासन अनिवार्य भएको भन्दै गरिब तथा जेहेन्दार जसले सामान्य खर्चको अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ कार्यक्रम राखिएको बताउनुभयो ।
उक्त कार्यक्रमको अवसरमा बोल्दै नगरउपप्रमुख मनसरा कुमारी शार्माले न्युन आयस्तर भएका र अािर्थक अभावका कारण साधारणतया कपि कलम र कितावको साथै ड्रेस सम्म किन्न नसक्ने वालवालिकाहरुका लागि राखिएको कार्यक्रमले थोरै भएपनि सहयोग पुगेको धारणा राख्नुभयो ।
