२०८२ मंसिर २२ सोमबार
२०८२ मंसिर २२ सोमबार

दैलेख प्रहरीद्वारा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२ श्रावण,२०८२

जिल्ला प्रहरी कार्यालय दैलेखले आज एक पत्रकार सम्मेलन मार्फत आफ्नो वार्षिक कार्य प्रगति सम्बन्धि प्रतिवेदन र कार्य विवरण सार्वजनिक गरेको छ । जिल्ला स्थित क्रियासिल पत्रकारहरुसँगको एक विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्दै दैलेख प्रहरीले एक आर्थिक वर्षभित्र भएका विविध गतिविधि सहित कार्य प्रगति प्रस्तुत गरेको हो ।
जिल्लाका ११ वटा स्थानिय तहहरु भएका विभिन्न अपराधिक क्रियाकलापहरु जिल्ला प्रहरी कार्यालयबाट गरिएका गतिविधिहरु लगाएत मातहतका प्रहरी इकाईहरुबाट समेत एक वर्षभित्र भएगरेका उपलव्धीहरुका सन्दर्भमा समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्दै दैलेख प्रहरीले आगामी दिनहरुमा थप गर्नुपर्ने रणनिति र कार्यनितिका साथै सल्लाह सुझावहरु समेत प्रस्तुत गरेको छ । कार्यक्रममा सहभागित विभिन्न सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुले प्रहरिको गतिविधि र चुनौतिका साथै आगामी दिनमा शान्तिसुरक्षा र अमनचयनमा गर्नुपर्ने थप कार्यहरुका सन्दर्भमा सुझावहरु प्रस्तुत गरका थिए ।
कार्यक्रमको अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बहादुर बरालले दैलेख प्रहरीले जिल्ला भित्र प्रहरीले वर्षभरि गरेका विभिन्न समिक्षा गर्ने गरेको सन्दर्भ उठान गर्दै सोहि अनुरुप पत्रकार मार्फत यस वर्षको वार्षिक कार्य प्रस्तुत गरिएको जानकारी सहित हालसम्म समग्र जिल्लाको शान्तिसुरक्षा र अमनचयन सन्तोषजनक रहेको बताउनुभयो ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।