२०८२ मंसिर २२ सोमबार
२०८२ मंसिर २२ सोमबार

सोसेक नेपालको १८औँ संस्थागत लैंगिक तथा सामाजिक परिक्षण सम्पन्न..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२ श्रावण,२०८२

महिला ,बालवालिका तथा लोपउन्मुख पिछडिएका समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले आफ्नो १८औँ लैंगिक तथा सामाजिक परिक्षण सम्पन्न गरेकोे छ । राउट, कुुसुन्डा लगाएत लोपउन्मुख राउटे समुदायको जिवनस्तरमा सुधार ल्याउनको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम सहित समाजमा विद्यमान कुरिति कुसँस्कार लगाएत पछिल्लो समय सोसेक नेपालले विकासनिर्माणका क्षेत्रमा समेत काम गर्दै आइरहेको छ । विभिन्न १० जिल्लाहरुमा करिब ३३ वटा परियोजना मार्फत शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत जनचेतना र सामाजिक उत्तरदायित्वको क्षेत्रमा विगत स्थापनाकाल देखि समाजसेवाको काम गर्दै आएको सोसेक नेपालले यतिबेला आफ्नो १८औँ संस्थागत लैंगिक तथा सामाजिक परिक्षण सम्पन्न गरेको छ ।
दैलेखमा मुख्य कार्यालय रहेको सोसेक नेपालले यतिबेला मुख्यतया महिला र बालवालिका लगाएत लोपउन्मुख समुदायको क्षेत्रमा काम गर्दै आइरहेको छ । सोसेक नेपालले दैलेख सदरमुकाममा वार्षिकरुपमा गरिएको उक्त सामाजिक परिक्षणको क्रममा वार्षिक कार्य प्रगतिका साथै आफ्नो लक्ष्य उद्धेश्य र भावि रणनितिका सन्दर्भमा समेत योजना प्रस्तुत गरेको छ जिल्ला स्थित विभिन्न स्थानिय तहका प्रमुख प्रतिनिधि, कार्यालयका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु , शुरक्षा निकाय लगाएत सरोकारवालाहरु र संस्थाका पदाधिकारीहरुसँग वृहत छलफलका साथ सामाजिक परिक्षण गरेको हो । कार्यक्रममा सहभागिहरुले सोसेक नेपालको काम र क्रियाकलापको खुलेरै प्रशंसा गरेका छन भने आगामी दिनमा गर्नुपर्ने काम र कर्तव्य प्रति सल्लाह सुझाव र प्रतिक्रिया दिएका छन । 
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख नमराज शाहीले हरेक संघसंस्थाहरुले कागजमा मात्र नारा तय गरेर नहुने भन्दै सोसेक नेपाल जस्तै ग्रामिणक्षेत्रमा आवश्यक रोग भोग गरिबि र अशिक्षाका साथै कुरिति कुसँस्कारका विरुद्ध कामगर्नुपर्नेमा जोड दिदैँ मुखले भनेर मात्र केहि नहुने र त्यसका लागि व्यवहारिक रुपमा समेत पारदर्शिताको आवश्यकता रहेको बताउनुभयो ।

उक्त लैंगिक तथा सामाजिक परिक्षणको क्रममा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सोसेक नेपालले गरेका विविध गतिविधिहरुको सन्दर्भमा शुसासन र पारदर्शिताको क्षेत्रमा सबैलाई जानकारी गराउदै जानकारीका साथ सामाजिक उत्तरदायित्व वोध गर्ने गरेको र सोहि अनुरुप कार्यक्रम सम्पन्न गरिएको प्रति खुशी व्यक्त गर्नुभयो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।