दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
५ श्रावण,२०८२

महिला ,बालवालिका तथा लोपउन्मुख पिछडिएका समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले आफ्नो वार्षिक समिक्षाका साथै सम्पुर्ण कर्मचारीहरुका लागि क्षमता विकास तालिमका साथै आगामी आर्थिक वर्षका लागि रणनैतिक योजना तर्जुमा गोष्ठि सम्पन्न गरेकोे छ । गत श्रावण ३ गते देखी ५ गते सम्म सञ्चालित उक्त गोष्ठिमा सोसेक नेपालको कार्यसमिति पदाधिकारीहरु लगाएत करिब ३०० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेपालका लोपउन्मुख राउटे, कुशुण्डा लगाएत सिमान्तकृत समुदायको जिवनस्तरमा सुधार ल्याउनको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम सहित समाजमा विद्यमान छुवाछुत, छाउपडी, जातिय विभेद , महिनावारी, वालविवाह, वहुविवाह जस्ता कुरिति कुसँस्कार लगाएत पछिल्लो समय सोसेक नेपालले विकासनिर्माणका क्षेत्रमा समेत काम गर्दै आइरहेको छ । विभिन्न १० जिल्लाहरुमा करिब ३३ वटा भन्दा बढि परियोजना मार्फत शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत जनचेतना र सामाजिक उत्तरदायित्वको क्षेत्रमा विगत स्थापनाकाल देखि समाजसेवाको काम गर्दै आएको सोसेक नेपालले आर्थिक वर्ष २०८१÷८२ मा गरिएका उपलव्धीहरुको सन्दर्भमा समिक्षा लगाएत आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि आवश्यक निति कार्यक्रमको सन्दर्भमा रणनैतिक योजना तर्जुमा समेत सम्पन्न गरेको छ ।
उक्त ३ दिने गोष्ठिको अवसरमा सोसेक नेपालद्धारा विभिन्न जिल्लाहरुमा सञ्चालित विभिन्न परियोजनाले सञ्चालन गरेका विविध गतिविधिहरुको प्रर्दशन सहित प्रगति प्रतिवेदनको समुह प्रस्तुतिकरण समेत गरेका छन । कार्यक्रम सम्पन्न पश्चात बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक एवं संस्थापक अध्यक्ष हिरासिंह थापाले गोष्ठिको अवसरमा सम्पन्न कार्यक्रमको सन्दर्भमा व्यापक समिक्षा भएको र भोलिका दिनहरुमा थप शसक्त भएर थप जिल्लाहरुमा थप कार्यक्रम लैजाने तयारी गर्दै आवाज विहिनको पक्षमा काम गर्ने योजनाका साथ अघि बढेको जानकारी गराउनुभयो ।









