२०८२ मंसिर २२ सोमबार
२०८२ मंसिर २२ सोमबार

डुंगेश्वर गाउँपालिकाद्धारा खानेपानी संचालन व्यवस्थापन कार्यशाला गोष्ठि र सुचारुपना संवाद ………..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१० श्रावण,२०८२

दैलेखको डुंगेश्वर गाउँपालिकाले गाउँपालिका क्षेत्रमा सञ्चालित विभिन्न खानेपानी तथा सरसफाई योजनाहरुको व्यवस्थापन र दीर्घकालिन सञ्चालनको लागि एक दिने व्यवस्थापन कार्यशाला गोष्ठि संगै सुचारुपना संवाद सम्पन्न गरेको छ । “दिगोपनाका लागि साझेदारी, खानेपानी योजनाको सुचारुपना हाम्रो जिम्मेवारी” भन्ने मुल नारा तय गर्दै खानेपानी तथा सरसफाई योजनाका सरोकारवालाहरुको जवाफदेहिताको लागी उक्त व्यवस्थापन कार्यशाला तथा सुचारपना संवाद कार्यक्रम सञ्चालन गरिएको हो ।
डुंगेश्वर गाउँपालिका ६ वटै वडाभित्रका विभिन्न ८७ वटा खानेपानी योजनाका सञ्चालक प्रतिनिधिहरु सहित उपभोक्ता समितिका पदाधिकारीहरु ,वडाका जनप्रतिनिधिहरु र खानेपानी योजनाका सरोकारवालाहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सोसेक नेपालको सहजिकरणमा हेल्भेटास नेपालको आर्थिक र प्राविधिक सहयोगमा डुंगेश्वर गाउँपालिकाले सञ्चालन गरेको उक्त कार्यशाला गोष्ठि र सुचारुपना संवादले समग्र गाउँपालिकाको खानेपानी गुरुयोजना तथा रणनिति निर्माणमा समेत सहयोग पुगेको छ ।

गोष्ठिमा गाउँपालिकाको ६ वटै वडाक्षेत्रका विभिन्न खानेपानी योजनाको वर्तमान अवस्था र समस्या चुनौतिहरुको सन्दर्भमा वडागतरुपमा प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । खानेपानी सुचारुपना संवादमा गाउँपालिका अध्यक्ष शुन्दर कुमार केशी, उपाध्यक्ष कलावती न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ललित कुमार थापा, वडा नं. ५ का वडाध्यक्ष पर्वलाल शर्मा लगाएत सहभागि भएका थिए ।

कार्यक्रम समापनको अवसरमा बोल्दै डुंगेश्वर गाउँपालिा अध्यक्ष शुन्दर कुमार केसीले गाउँपालिका क्षेत्रमा विगत देखी नै खानेपानी समस्या रहेको सन्दर्भ उठान गर्दै यतिबेला नेपाल सरकारको लक्ष्य काम गरिरहेको र गाउँपालिका भित्र एक घर एक धारा अभियानका साथ नागरिकहरुले शुद्ध पिउने पानी पाउने अधिकार निर्धारणमा लागि परेको बताउनुभयो ।

यतिबेला डुंगेश्वर गाउँपालिकाले खानेपानी योजनाभित्रका विविध समस्या समाधानकालागी खानेपानी व्यवस्थापन बोर्ड स्थापनाको तयारी गरिरहेको छ भने यस अघि नै खानेपानी ऐन समेत पारित गरिसकेको छ । साथै गाउँपालिकामा हेल्वेपटास नेपालको प्राविधिक सहयोगमा सोसेक नेपाल मार्फत हेल्लो धारा परियोजना सञ्चालन हुन लागेको छ भने खानेपानी तथा सरसफाई योजनाहरुको दीर्घकालिन सञ्चालनको लागि गरिएको उक्त सुचारुपना संवादको अबसरमा नियमित खानेपानी सञ्चालन गर्ने उत्कृष्ट योजनाहरुलाई सम्मान र पुरस्कार प्रदान गर्ने प्रतिवद्धता सहित डुंगेश्वर गाउँपालिका खानेपानी घोषणापत्र समेत जारी गरिएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।