दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
श्रावण १३,२०८२
महिला शसक्तिकरण मञ्च दैलेखले आज दुल्लुमा निति संवाद कार्यक्रम सम्पन्न गरेको छ । दुल्लु नगरपालिकामा न्यायिक सम्पादनको क्षेत्रमा अधिकारबाट बञ्चित नागरिकहरुलाई राहत र सहयोग पुग्ने उद्धेश्यका साथ उक्त संवाद कार्यक्रम सम्पन्न भएको दुल्लु नगरपालिका वडा नं. ८ का वडाध्यक्ष शुशिल कुमार भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रमको सन्दर्भमा बोल्दै महिला तथा सिमान्तकृत वर्ग पहुँच अभिवृद्धि परियोजना कर्णाली प्रदेस कानुनि सल्लाहकार अधिवक्ता विष्णु विकले दुल्लु नगरपालिकामा सरोकारवालाहरुलाई कानुनि विषयमा जानकारी गराउदै , कस्ता कानुन निमाण गरेको भन्ने सन्दर्भमाा भोलिका दिनहरुमा न्यायीक समितिलाई सफल बनाउनका लागि युएन डिपी एटुजे परियोजना लगाएत, महिला शसक्तीकरण परियोजना, मुख्य मन्त्रि कार्यालाय र सामाजिक विकास कार्यालयसंग सहकार्य गर्दै गरिएको कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
उक्त कार्यक्रमको अवसरमा दुल्लु नगरपालिका न्यायिक समितिलाई न्यायीक सम्पादनमा सहयोग पुग्ने ठुलो टिभी लगाएत विभिन्न सामाग्रीहरु समेत प्रदान गरिएको छ ।










