२०८२ मंसिर २२ सोमबार
२०८२ मंसिर २२ सोमबार

दैलेखी लाखे नाच कर्णाली प्रदेश राजधानी सुर्खेतमा प्रर्दशन

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२० श्रावण,२०८२

वर्षेमेला तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा वर्षौदेखी मनाईदै दैलेखमा प्रचलित लाखे नाच यतिबेला कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा प्रर्दशन गरिएको छ । नेवारी समुदायको एक भिन्न प्रस्तुतिको रुपमा रहेको साथै विभिन्न मुखाकृतिहरुमा हास्यव्यंग्य सहितको सँस्कृति लाखे नाच दैलेख सदरमुकाम लगाएत जिल्लाका विभिन्न क्षेत्रहरुमा वर्षौदेखी सञ्चालित रहेका छन । जसमा दैलेख सदरमुकाम स्थित नेवारी समुदायबाट सञ्चालित उक्त नाच यतिबेला सदरमुकाममा विभिन्न क्लब र समुहबाट सञ्चालित छ ।
दैलेख सदरमुकाममा यतिबेला न्यु ज्वाला क्लव, भगवति युवा क्लब र एभरेष्ट क्लबबाट विभिन्न स्थानहरुमा सञ्चालन गर्दै संयुक्त रुपमा मनाउने गरिएको लाखेनाचलाई कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा प्रर्दशन गरिएको छ। दैलेख सदरमुकाममा सिमित उक्त नाचलाई दैलेखी सेवा समाज सुर्खेतद्धारा समन्वय गर्दै सुर्खेतमा प्रदर्शशन गरिएपछि त्यसको रौनकता झन थपिएको छ । विभिन्न १० जिल्लाका नागरिकहरुले उक्त नाचलाई अवलोकन गरेका छन भने वर्षे मेलाको रुपमा रहेको नाचलाई उत्कृष्ट तरिकाले सुर्खेतका विभिन्न स्थानहरुमा प्रर्दशन गरिएपछि आम नागरिकहरुले खुशी व्यक्त गरेका छन ।
श्रावण १९ र २० गतेका लागि तय गरिएको लाखे नाचको कार्यक्रम अनुसार कालिन्चोक कृष्ण मन्दिरबाट सुरु गर्दै बिरेन्द्रनगर नगरपालिका , घण्टाघर, लाटिकोइली, मंगलगढी लगाएत बजार क्षेत्रमा समेत उल्लासमयरुपमा प्रस्तुत गरिएको छ । दैलेखमा प्रचलित लाखेनाचले एक मौलिकता स्थापित गर्दै आएको सन्दर्भ उठान गर्दै लाखे नाचका संयोजक तिर्थनारायण श्रेष्ठले करिब १ महिना सम्म विभिन्न कार्यक्रम सहित विभिन्न प्रस्तुति सहित आगामी श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट समापन हुने गरेको भन्दै सिंगो कर्णालीको संस्कृतिको रुपमा रहेको बताउनुभयो ।

त्यसै गरि दैलेखको लाखे नाचलाई सुर्खेतमा प्रर्दशन गरिएको सन्दर्भबारे बोल्दै न्यु ज्वाला क्लब दैलेखका अध्यक्ष विशाल सुनारले विगत लामो समयदेखी दैलेखमा एक सस्कृतिको रुपमा प्रचलित लाखेनाचलाई थप विस्तार गर्दै समग्र कर्णालीका अन्य जिल्लाहरुमा समेत बिस्तार गर्न र यसको महिमालाई बढाउनको लागि सुर्खेतमा प्रर्दशन गरिएको बताउनुभयो ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।