२०८२ मंसिर २२ सोमबार
२०८२ मंसिर २२ सोमबार

बडिमालिकाको अर्को प्रसिद्ध स्थान थामाचौघेरा माई ,तोलिपाटा दैलेख

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२४ श्रावण,२०८२
बडिमालिका देवीको माहिली बहिनीको रुपमा विशेष लिइने थामाचौघेरा तोलिपाटाकी माई मन्दिर दैलेखकै अग्लो स्थान महाबु पछिको दोस्रो अग्लो स्थानमा आठबिस नगरपालिका तथा ठाटिकाँध गाउँपालिकाको संगमस्थल ठाटिकाँध गाउँपालिका ५ को तोलिपाटाको लेखमा अवस्थित छ । शुन्दर शान्त तथा रमणिय लेकमा अवस्थित यो धार्मिक क्षेत्र एक अलौकिक धामको रुपमा समेत जनविस्वासमा रहेको छ । दैलेखमा रहेका चामुण्डा माई, बिन्द्रासैनी माई, मालिका माई, छडाथान धौलापडा माई, भैरवी माई लगाएत विभिन्न माई देवीहरु भन्दा शक्तिशाली देवीको रुपमा अवस्थित तोलिपाटाकी माई मन्दिर क्षेत्रमा समेत श्रावण शुक्लपुर्णिमा अथवा जनैपुर्णिमाको त्रियोदशीको राति देखी चतुर्थिका दिनमा विषेश पुजाआजा र मेला लाग्ने गर्दछ ।
बडिमालिका देवीको माहिलो बहिनीको रुपमा बढिडमालिका जान नसक्ने भक्तजनहरुले थामाचौघेरा तोलिपापाटाकी देविको पुजाआजा र दर्शन गरेमा सम्पुर्ण मनोकामना पुरा हुने उद्धेश्यका साथ दैलेखका विभिन्न क्षेत्रका साथै छिमेकी जिल्लाका भक्तजनहरु उक्त क्षेत्रमा पुग्ने गर्दछन ।

त्यसो त अन्य देवी पिठ हरु जस्तै यस थामाचौघेरा तोलिपाटाकी माई देविको लागि पुग्ने भक्तजनहरुले समेत आफ्नो मनोकामना पुरा भएको बताउने गरेका छन । दैलेख लगाएत छिमेकी जिल्लाबाट देवी दर्शनका लागि पुग्ने भक्तजनहरुले निशन्तानको लागि सन्तान , अन्नपात, धनजन लगाएत निरोगिताको लागि बरदान माग्ने र आफुले मनले चिताएको पुगेको भन्दै खुशी व्यक्त गरेका छन ।

ठुलो कुरा त के छ भने अथाह शक्ति र विश्वासको रुपमा रहेको उक्त देविधामको मन्दिरको समेत निर्माण पुरा हुन सकिरहेको छैन । परापुर्व कालमा सामान्य ढुंगाको पर्खाल भित्र पुजाआजा हुने गरेको भएपनि यस अघि मन्दिर निर्माणको लागि गरिएको सिमित लगानीले मन्दिर पुरा निर्माण हुन सकिरहेको छैन । निर्माणाधिन मन्दिर भित्रै पुजाआजा गर्ने काम गरिएको छ । भने देविधामको समग्र विकासमा भने यतिबेला सम्म कसैको ध्यान र चासो गएको छैन । दशौँ हजार भक्तजनहरुले पुजाआजा गर्ने उक्त क्षेत्रमा सामान्य २ वटा धर्मशालाको निर्माण भएपनि त्यसले आवश्यकता पुरा गर्न सकिरहेको छैन । अर्कोतर्फ त्यस क्षेत्रमा पिउने पानी र शरिर शुद्ध गर्ने पानी लगाएत शौचालय लगाएत घाम र पानीमा ओत लाग्ने प्रतिक्षालय र ठुलो धर्मशालाको समेत अभाव छ । जसका लागि मन्दिर क्षेत्रमा पुग्ने भक्तजनहरुका लागि देवी मन्दिर लगाएत अन्य संरचनाको अभावलाई पुर्णता दिनको लागि यतिबेलाको स्थानिय तह देखी मन्दिर व्यवस्थापन समितिले काम गरिरहेको र निकट दिनहरुमा पुराहुने आशा गर्न सकिन्छ ।

केहि देविधाम र देवधामहरुमा बलि चढ्ने गरेको भएपनि शुद्ध फलफुल र दुध मात्र चढाईने यस थामाचौघेरा माई मन्दिर धाममा ठुलो उपस्थितिमा भक्तजनहरुले पुजाआजा गर्ने प्रचलन दिनप्रतिदिन बढि रहेको मात्र छैन देवीमाँको शक्ति र विश्वास समे बढ्दै गईरहेको छ । बडिमालिका दे्वि लगाएत अन्य शक्ति पिठहरु जस्तै यस क्षेत्रको विकासमा समेत जनप्रतिनिधिहरु र राज्यको ध्यान जानु अति आवश्यक छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।