२०८२ पुष २९ मंगलवार
२०८२ पुष २९ मंगलवार

दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१९ असार २०८२


दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले उपप्रमुख कार्यक्रम अन्तरगत नगरपालिकाको विभिन्न माध्यामिक विद्यालयका गरिब जेहेन्दार परिवारका छात्राहरुलाई नगद छात्रवृक्ति आज एक औपचारिक कार्यक्रमका बिच प्रदान गरेको छ । नगरपालिका क्षेत्रमा रहेका सबै १३ वटा माध्यामिक विद्यालका कक्षा ९ देखी १२ सम्म अध्ययन गर्ने हरेक विद्यालयका २ जना छात्राहरु गरि जम्मा २६ जना छात्रा (वालिका)हरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रमको लागि तय गरिएको करिब २ लाख रकमबाट २६ जना छात्राहरुलाई प्रतिव्यक्ती ७६९०। भाग पर्नेगरि छात्रवृत्ती प्रदान गरिएको हो ।
उक्त छात्रवृुत्ती वितरण कार्यक्रमको अवसरमा बोल्दै नगरप्रमुख गणेश कुमार शाहीले हरेक विद्यार्थीहरुमा यतिबेला अनुशासन अनिवार्य भएको भन्दै गरिब तथा जेहेन्दार जसले सामान्य खर्चको अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ कार्यक्रम राखिएको बताउनुभयो ।
उक्त कार्यक्रमको अवसरमा बोल्दै नगरउपप्रमुख मनसरा कुमारी शार्माले न्युन आयस्तर भएका र अािर्थक अभावका कारण साधारणतया कपि कलम र कितावको साथै ड्रेस सम्म किन्न नसक्ने वालवालिकाहरुका लागि राखिएको कार्यक्रमले थोरै भएपनि सहयोग पुगेको धारणा राख्नुभयो ।

दिपेन्द्र कार्की बस्ताकोटी , दैलेख
१९ असार २०८२

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले लैगिंक समानता तथा सामाजिक समावेसीकरण निति निर्माणको क्रममा राय सल्लाह र सुझाव संकलनका लागि आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नगरपालिका स्थित लैंगिक समानता तथा सामाजिक शसक्तिकरण (महिला तथा वालवालिका) शाखाद्धारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नगरपालिका स्थित जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, महिला , वालवालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तीहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको अवसरमा सहभागिहरुले नगरपालिकाले महिला वालवालिका तथा पछाडी पारिएका समुदायको जीवनस्तर माथी उठाउने निति कार्यक्रम आजको आवश्यकता भएकोमा जोड दिएका छन ।
अन्तक्रिया कार्यक्रमको अवसरमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले राज्यले लैंगिक समानता तथा सामाजिक समावेसीकरणको क्षेत्र लगाएत नितिनिर्माण गरिने कार्यक्रममा जोड दिएको प्रसंग राख्दै त्यि अनुरुप नगरपालिकाले पनि थप जिम्मेवारी वहन गर्ने आम नागरिकहरुलागि आवश्यक विभिन्न निति निर्माण गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख मनसरा कुमारी शर्माले महिला वालवालिका दलित अपांगता भएका व्यक्तीहरु र ज्येष्ठ नागरिकका सवालमा विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै उनिहरुको क्षमता विकासमा सदैव लागिपरेकोमा जोड दिनुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालीले लैससास सम्बन्धि वार्षिक गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।