२०८२ पुष २९ मंगलवार
२०८२ पुष २९ मंगलवार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१३ असार,२०८२

मानिसका लागि आवश्यकताहरुमा पुर्वाधारका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक, सञ्चार लगाएत नै मुख्य हुन । भौगोलिक विकटतासँगै कति पय स्थानहरुमा सामान्य पुर्वाधारहरु निर्माण असंभव छन ।
नेपालका ७ प्रदेशहरुभा सबैभन्दा विकट कर्णाली र कर्णालीका १० वटा जिल्लाहरु मध्ये डोल्पा जिल्ला भौगोलिक रुपमा सबैभन्दा विकट छ । भुगोलका हिसावले नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाका सबै स्थानिय तहहरुमा अहिले पनि सडक पुग्न सकिरहेको छैन भने शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत विस्तारका कामहरु सुस्त गतिमा अगाडी बढिरहेका छन ।
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका जिल्लाका ८ वटा स्थानिय तहहरु मध्ये फरक पहिचान बोकेको पालिका हो । विकास निर्माण र शुसासनको क्षेत्रमा आफ्नो भिन्न परिचय बनाएको त्रिपुरासुन्दरी नगरपालिकाको ११ वटा वडाका ३९ वटा गाउँहरु यतिबेला सडकसञ्जालसँग जोडिएका छन भने विकासको मुख्य आधार रहेको सडक पुगेसँगै अन्य पुर्वाधारहरुको विकास समेत क्रमिक रुपमा अघि बढेका छन ।
नगरपालिकाको वडा नं. ९ चुँ गाउँमा यतिबेला एक घर एक धारा खानेपानी योजना अघि बढेको छ । विभिन्न गाउँमुनी भेरी लगाएत अन्य नदिहरु निरन्तर सदाबहार बगिरहेका छन नदि माथिका गाउँहरु खानोपानी नपाएर कागाकुल बनिरहेका छन । नगरपालिका विभिन्न गाउँ अन्तरगत बाक्लो बस्ति रहेको उक्त चुँ गाउँमा विद्यमान खानेपानी समस्या समाधान गर्नका लागि खानेपानी शाखा (खानेपानी तथा स्वच्छता परियोजना) सुस्वा मार्फत २ वटा मुहानबाट पानी संकलन गर्दै त्यस क्षेत्रका १६६ घरपरिवारका लागि एक घर एक खानेपानी धारा अभियान सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिकहरु खुशी भएका छन ।

विगत देखी टाढाको खोला र मुहानबाट पिठ्ँयुमा बोकेर पानीको जोहो गर्दै आएका चुँ बासीहरु सडक पहुँचसँगै अन्य विकासनिर्माणबाट सुविधा पाउन थालेपछि खुशी भएका छन । सुस्वा परियोजना मार्फत नगरपालिकाले गोदेव र पानीमुल क्षेत्रबाट पानी संकलन गर्दै रिजर्भ ट्यांकी मार्फत वितरण गरिने धाराहरुमा करिब १४० धाराहरु निर्माण भई पानी सञ्चालन भएको र बाँकी धाराहरु निकट समयमै निर्माण भई खानोपानी सुविधा पुग्ने (खानेपानी तथा स्वच्छता परियोजना)सुस्वा परियोजना वासले बताएको छ ।

एता नगरपालिकाले पनि उक्त क्षेत्रको खानेपानी समस्या समाधानका लागि विभिन्न योजनाका साथ काम गरिरहेको जनाएको छ । चुँ जस्ता विभिन्न गाउँहरुमा खानेपानी समस्या रहेको र त्यसका लागि काम भइरहेको नगरप्रमुख जनचन्द्र रोकायको भनाई रहेको छ ।

भौतिक पुर्वाधार निर्माण मात्र ठुलो उपलव्धी होइन , मुख्य समस्या र चुनौतिको विषय आम नागरिकको समस्या पहिचानको हो । जुन त्रिपुरासुन्दरी नगरपालिकाले चुँ गाँउका लागि खानेपानीको वृहत योजना निर्माणबाट प्रस्ट देखिएको छ ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२२ असार,२०८२

दैलेखको ठाटिकाँध गाउँपालिकाले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ अथवा एक आर्थिक वर्षभित्र भएको विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिका क्षेत्रमा हुने विकास निर्माण लगाएत सेवा प्रवाहको सन्दर्भमा हरेक चौमासिकमा अनिवार्य र नियमितरुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई कार्यक्रम वडाक्षेत्रमा यस अघि नै सम्पन्न गरि सकेको छ ।
गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाह प्रमुख जवाफदेही वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष देविराम बडुवाल लगाएत वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सहित विभिन्न शाखाका प्रमुहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी प्रसाद उपाध्यायले यस आर्थिक वर्ष भित्र भएको विविध प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सेवाग्राहीहरुका प्रश्नको सहजीकरण गर्दै गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहले गाउँपालिका सरकारले समग्र गाउँपालिकाबासी जनताको हितको लागि सदैव काम गरिरहेको भन्दै त्यसको लागि आम नागरिकहरुले पनि विभिन्न कार्यहरुमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सहभागि स्थानियबासी सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युतिकरण लगाएत सडकको सन्दर्भमा प्रश्न गर्दै सल्लाह सुझाव समेत प्रदान गरेका थिए ।

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।