दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२८ फाल्गुन २०८१

आगामी चैत्र ५ गतेका दिन देसभर स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनको कार्यतालिका रहेको छ । सो तालिका अनुसार देशभर कतिपय क्याम्पसहरुमा निर्विरोध स्ववियु सभापति लगाएत पदाधिकारीहरु निर्वाचित समेत भइसकेका छन । दैलेखमा पनि यतिबेला विभिन्न विद्यार्थी संगठनहरु बिच स्ववियु निर्वाचनको सगर्मी बढिसकेको छ । जसमा द्रोणाचल वहुमुखी क्याम्पस लगाएत चामुण्डा कलेज , आठबिस क्याम्पसमा विद्यार्थी संगठनहरु बिच मनमुटाब सुरु हुँदा स्ववियु निर्वाचन प्रभावित बन्न पुगेको छ ।
जस अनुसार दैलेखको दुल्लुमा रहेको द्रोणाचल वहुमुखी क्याम्पसमा तनाव सुरु भएको छ । जस अनुसार निर्वाचन अधिकृत लगाएत पदाधिकारीहरु र क्याम्पस प्रशासनले आफुहरुलाई मनोनयन दर्ताको क्रममा विभेद गरेको भन्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गर्दैै विभिन्न मागसहितको प्रेस विज्ञप्तीका साथ नाराबाजी समेत गरेको छ । जसमा नेविसंघले निर्वाचन अधिकृतको राजिनामा सहितका मागहरु अघि सारेको छ । क्याम्पसमा नेविसंघ एकातिर छ भने अर्कोतिर क्रान्तिकारीधारका विद्यार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेक्राविसंघ लगाएत ५ संगठनहरुको मोर्चा तयार भएको छ ।
विवाद समाधानका लागि आज दिउँसो नेपाली काँग्रेस र नेकपा एमाले सहित नेकपामाओवादी सहितका सिर्षस्त नेताहरु बसि निकास निकाल्न खोजेपनि प्रयास असफल भएको छ । भोलि विहान पुनः छलफल गरि निश्कर्ष निकाल्ने र स्ववियु निर्वाचन सफल बनाउने भनिएको छ । यतिबेला क्याम्पसमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बलियो सुरक्षा प्रदान गरिएको छ।
