
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१९ असार २०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले उपप्रमुख कार्यक्रम अन्तरगत नगरपालिकाको विभिन्न माध्यामिक विद्यालयका गरिब जेहेन्दार परिवारका छात्राहरुलाई नगद छात्रवृक्ति आज एक औपचारिक कार्यक्रमका बिच प्रदान गरेको छ । नगरपालिका क्षेत्रमा रहेका सबै १३ वटा माध्यामिक विद्यालका कक्षा ९ देखी १२ सम्म अध्ययन गर्ने हरेक विद्यालयका २ जना छात्राहरु गरि जम्मा २६ जना छात्रा (वालिका)हरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रमको लागि तय गरिएको करिब २ लाख रकमबाट २६ जना छात्राहरुलाई प्रतिव्यक्ती ७६९०। भाग पर्नेगरि छात्रवृत्ती प्रदान गरिएको हो ।
उक्त छात्रवृुत्ती वितरण कार्यक्रमको अवसरमा बोल्दै नगरप्रमुख गणेश कुमार शाहीले हरेक विद्यार्थीहरुमा यतिबेला अनुशासन अनिवार्य भएको भन्दै गरिब तथा जेहेन्दार जसले सामान्य खर्चको अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ कार्यक्रम राखिएको बताउनुभयो ।
उक्त कार्यक्रमको अवसरमा बोल्दै नगरउपप्रमुख मनसरा कुमारी शार्माले न्युन आयस्तर भएका र अािर्थक अभावका कारण साधारणतया कपि कलम र कितावको साथै ड्रेस सम्म किन्न नसक्ने वालवालिकाहरुका लागि राखिएको कार्यक्रमले थोरै भएपनि सहयोग पुगेको धारणा राख्नुभयो ।
दिपेन्द्र कार्की बस्ताकोटी , दैलेख
१९ असार २०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले लैगिंक समानता तथा सामाजिक समावेसीकरण निति निर्माणको क्रममा राय सल्लाह र सुझाव संकलनका लागि आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नगरपालिका स्थित लैंगिक समानता तथा सामाजिक शसक्तिकरण (महिला तथा वालवालिका) शाखाद्धारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नगरपालिका स्थित जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, महिला , वालवालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तीहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको अवसरमा सहभागिहरुले नगरपालिकाले महिला वालवालिका तथा पछाडी पारिएका समुदायको जीवनस्तर माथी उठाउने निति कार्यक्रम आजको आवश्यकता भएकोमा जोड दिएका छन ।
अन्तक्रिया कार्यक्रमको अवसरमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले राज्यले लैंगिक समानता तथा सामाजिक समावेसीकरणको क्षेत्र लगाएत नितिनिर्माण गरिने कार्यक्रममा जोड दिएको प्रसंग राख्दै त्यि अनुरुप नगरपालिकाले पनि थप जिम्मेवारी वहन गर्ने आम नागरिकहरुलागि आवश्यक विभिन्न निति निर्माण गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख मनसरा कुमारी शर्माले महिला वालवालिका दलित अपांगता भएका व्यक्तीहरु र ज्येष्ठ नागरिकका सवालमा विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै उनिहरुको क्षमता विकासमा सदैव लागिपरेकोमा जोड दिनुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालीले लैससास सम्बन्धि वार्षिक गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १५,२०८२
आज असार १५ नेपालमा विभिन्न कार्यक्रम सहित राष्ट्रिय धान दिवस वा रोपाँई दिवस मनाइएको छ । विभिन्न संघ संस्थाहरु लगाएत देशभरका स्थानिय तहहरुले विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय धान दिवस मनाए । वर्षभरी जीवन निर्वाहको मुख्य खाद्यान्न बालिको रुपमा धान रहेको सन्दर्भ उठान गर्दै मानो रोपेर मुरी उव्जाउने दिनको रुपमा आजका दिनलाई लिने गरिन्छ । तर असारको १५ भईसक्दा समेत कतिपय खेतहरु अझै पनि बाँझै छन । खेतियोग्य जमिनहरुमा किसानको आवश्यकता बमोजिम मल , बिउ, विभिन्न कृषि औजारहरु देखि सिँचाईको लागि सामान्य कुलो व्यवस्थापन हुन नसक्नुको परिणाम समयमै रोपाई भने अझै हुन सकिरहेको छैन ।
राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमाले दुल्लु नगरपालिका वडा नं. ८ र ९ द्धारा पादुका ज्युलामा संयुक्त रोपाई दिवस कार्यक्रम गरेका छन । अनेम संघ र अनेकिसंघ समेत सहभागि रहेको उक्त धान दिवस तथा रोपाई दिवसको अवसरमा दुवै वडाका नेता कार्यकर्ताहरुको उल्लासमय सहभागिता रहेको थियो । धान उत्पादनको मुख्य क्षेत्रको रुपमा रहेको पादुका क्षेत्रमा आज पार्टीको तर्फबाट भएको उक्त दिवसिय रोपाई कार्यक्रमबाट किसानहरुका माझ पाटी एक सहयोगि निकायको रुपमा रहेको किसानहरुले बुझेका छन ।
रोपाई दिवसको अवसरमा बोल्दै दुल्लु नगरपालिका ९ का वडाध्यक्ष तथा नेकपा एमाले दुल्लु नगर कमिटि सदस्य तिलक उपाध्यायले पार्टीको जिल्ला र केन्द्रिय निर्देशन बमोजिम दुल्लु नगरपालिकाको १३ वटै वडा क्षेत्रमा रोपाई दिवसको कार्यक्रमभइरहेको भन्दै पार्टीले किसानहरुको हक हितमा सधैँ काम गरेको छ र गर्नेछ भन्ने प्रतिवद्धता जनाउनको लागि दिवस मनाइएको बताउनुभयो । साथै सो अवसरमा उपाध्यायले समस्त किसानहरुलाई असार १५ र धान दिवसको शुभकामना समेत प्रदान गर्नुभएको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १५,२०८२
आज असार १५ नेपालमा विभिन्न कार्यक्रम सहित राष्ट्रिय धान दिवस वा रोपाँई दिवस मनाइएको छ । विभिन्न संघ संस्थाहरु लगाएत देशभरका स्थानिय तहहरुले विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय धान दिवस मनाए । वर्षभरी जीवन निर्वाहको मुख्य खाद्यान्न बालिको रुपमा धान रहेको सन्दर्भ उठान गर्दै मानो रोपेर मुरी उव्जाउने दिनको रुपमा आजका दिनलाई लिने गरिन्छ । तर असारको १५ भईसक्दा समेत कतिपय खेतहरु अझै पनि बाँझै छन । खेतियोग्य जमिनहरुमा किसानको आवश्यकता बमोजिम मल , बिउ, विभिन्न कृषि औजारहरु देखि सिँचाईको लागि सामान्य कुलो व्यवस्थापन हुन नसक्नुको परिणाम समयमै रोपाई भने अझै हुन सकिरहेको छैन ।
राष्ट्रिय धान दिवसको अवसरमा दैलेखका विभिन्न स्थानि तहहरु राष्ट्रिय धान दिवस एवं रोपाई दिवसका रुपमा असार १५ लाई मनाएका छन । सो अवसरमा दैलेखको पादुका क्षेत्र लगाएत गडाज्युला क्षेत्रमा समेत धान दिवस मनाइएको छ । दैलेखको भैरवी गाउँपालिकाले गडाज्युला क्षेत्रमा किसानहरुसँगै किसानहरुका खेतमा गई किसानहरुलाई सम्मान गर्दै राष्ट्रिय धान दिवस दिवसा या रोपाई दिवस मनाएको छ । विगत वर्षहरुदेखी निरन्त कुनै न कुनै क्षेत्रमा किसानहरु संगै धान दिवस या रोपाँई दिवस मनाउदै आएको भैरवी गाउँपालिकाले यतिबेला वडा नं. ३ को दैलेखकै ठुलो धान उत्पादनको रुपमा परिचित गडाज्युला क्षेत्रमा धान दिवस मनाउँदा किसानहरु हर्षित भएका छन । उत्कृष्ट किसान समुहलाई गाउँपालिका कृषि शाखा मार्फत हाते ट्याक्टर लगाएत अन्य विविध सहयोग सहित उल्ल्लासमय वातावरणमा धान दिवस मनाएको छ ।
राष्ट्रिय धान दिवस एवं रोपाई दिवसको अवसरमा आयोजित रोपाई कार्यक्रमको अवसरमा बोल्दै भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिकाले विगत देखी निरन्तर रुपमा धान दिवस मनाउने गरेको सन्दर्भ उठान गर्दै किसानहरुका लागि गाउँपालिकाले विभिन्न सहयोग गर्दै कृषि उत्पादन तर्फ विशेष जोड दिएको बताउनुभयो ।
यसरी आजको दिनलाई कृषि क्रान्तिको नाममा बन्द कोठामा रातो कार्पेटमा बसेर गमलामा धान रोप्नेहरुका लागि एक दिन भएपनि किसानसँगै उनिहरुको बारीमा रमाउर्दै उनिहरुलाई उत्साहित गर्न सक्नु नै ठुलो उपलव्धी हो ।
दिपेन्द्र कार्की बस्तकोटी दैलेख
१४ असार २०८२
आज विश्व वृक्षारोपण दिवस । दिवसको अवसर पारेर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका परिषरमा वृक्षारोपण गरिएको छ । वृक्षारोपणको अवसरमा नगरपालिका परिषरमा धुपिसल्ला, लिप्टिस, टिमुर लगाएत विभिन्न प्रजातिका बोटविरुवाहरु रोपिएको छ । वृक्षारोपणमा जिल्ला समन्वय समिति दैलेका प्रमुख नमराज शाही, पुर्व नगरप्रमुख सुर्य बहादुर शाही, नगरप्रमुख गणेश कुमार शाही, प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगाली लगाएत वडाध्यक्षहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
दिपेन्द्र कार्की बस्तकोटी दैलेख
१४ असार २०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकालाई आज एक औपचारिक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितता नगरपालिकाको रुपमा घोषणा गरिएको छ । नगरपालिकाको ९ वटै वडा क्षेत्रमा स्वास्थ्य कार्यालय दैलेखको बालवालिकालाई खोज र खोप भन्ने अभियान पुर्णरुपमा सञ्चालन हुदैँ स्वास्थ्यकर्मीहरुको पुर्ण निगरानीमा बालवालिकाहरुलाई सबै किसिमका खोपहरुमा पुर्ण भएपछि उक्त घोषणा गरिएको हो । जन्मेदेखी १५ महिना सम्मका वालवालिकाहरुलाई अनिवार्य दिइने १४ वटा खोप लगाएत महिलाहरुकालाई पाठेघरको मुखको क्यान्सरकालागि लगाईने खोप समेत गरि १५ किसिमका खोपहरु अनिवार्य लगाउने गरेको सन्दर्भ उठान गर्दै कुनै पनि वालवालिकाले खोपबाट वञ्चित हुनु नपरेको अवस्थालाई ग्यारेन्टि गर्दै उक्त घोषणा गरिएको हो ।
उक्त घोषणा कार्यक्रमको अवसरमा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख थिर प्रसाद रेग्मीले पुर्ण खोप सुनिश्चितताले नगरपालिकाक्षेत्रलाई हेर्ने दृष्टिकोण समेत सकारात्मक रहने भन्दै हरेक नागरिकको औषत आयु समेत बढेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले यतिबेला हरेक नागरिकले देखासिकिमा काम गर्ने गरेको सन्दर्भ उठान गर्दै राज्यले हरेक नागरिकको स्वास्थ्य प्रति चिन्ता र चासो दिएको भन्दै हरेक खोपका लागि हरेक वालवालिकाको अधिकार रहेको र त्यो अधिकार चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पुर्ण गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको अवसरमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले हरेक नागरिकले भौतिक विकासलाई मात्र हेर्ने गरेको भन्दै नागरिकको चेतनाको विकास आजको आवश्यकता रहेको र त्यसको लागि आजका वालवालिकालाई असल शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमको अवसरमा ९ वटै वडाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई प्रमाणपत्र र दोसल्लाका साथ सम्मान गरिएको छ । कार्यक्रममा पुर्व नगरप्रमुख सुुर्य बहादुर शाही, चामुण्डाबिन्द्रासैनी नगरपाकिलाका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंलागी लगाएत अन्य जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
.
https://www.facebook.com/share/v/16kB3prJiY/
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईई (कक्षा १०) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो ।
वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गएको २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
किशोर(किशोरीहरूको स्वास्थ्य र हित प्रवर्द्धन गर्नतर्फ एक महत्वपूर्ण कदमस्वरूप, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जम्बुकाँध स्वास्थ्य चौकीलाई पहिलोपटक किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा (AFHS) प्रमाणित संस्थाको रूपमा घोषणा गरेको छ। जुन नगरपालिकाकै पहिलो स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिएको छ । नगरपालिका स्तरीय घोषणात्मक कार्यक्रम नगरका पदाधिकारी, स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि, विकास साझेदारहरू र किशोरकिशोरीहरुको सहभागितामा सम्पन्न भयो। यो घोषणा स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, गोपनीयता, पहुँच र सम्वेदनशीलताको आधारमा गरिएको हो।
यो उपलब्धि चामुण्डाबिन्द्रासैनी नगरपालिका र Sosec नेपालको निरन्तर प्राविधिक र कार्यक्रमगत सहयोग बिना सम्भव हुने थिएन । Sosec नेपालले किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा स्थापना र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निभाएको छ। यस योगदानको कदर गर्दै नगरपालिका Sosec नेपाललाई धन्यवाद पत्र तथा मायाको चिनो प्रदान गरेको छ । उक्त घोषणा कार्यक्रमको अवसरमा प्रमुख अतिथि एवं चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीले भन्नुभयो “यो हाम्रो नगरपालिकाको गौरवको विषय हो, जुन किशोरकिशोरीमैत्री सेवाको दिशामा सामूहिक प्रतिबद्धताको प्रतिफल हो।”
प्रमाणित भएको यो स्वास्थ्य संस्था अब अन्य स्वास्थ्य संस्थाहरूका लागि मोडलको रूपमा स्थापित हुनेछ, जसले किशोरकिशोरीमैत्री सेवा विस्तारमा मार्गदर्शन गर्नेछ।