दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १५,२०८२

आज असार १५ नेपालमा विभिन्न कार्यक्रम सहित राष्ट्रिय धान दिवस वा रोपाँई दिवस मनाइएको छ । विभिन्न संघ संस्थाहरु लगाएत देशभरका स्थानिय तहहरुले विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय धान दिवस मनाए । वर्षभरी जीवन निर्वाहको मुख्य खाद्यान्न बालिको रुपमा धान रहेको सन्दर्भ उठान गर्दै मानो रोपेर मुरी उव्जाउने दिनको रुपमा आजका दिनलाई लिने गरिन्छ । तर असारको १५ भईसक्दा समेत कतिपय खेतहरु अझै पनि बाँझै छन । खेतियोग्य जमिनहरुमा किसानको आवश्यकता बमोजिम मल , बिउ, विभिन्न कृषि औजारहरु देखि सिँचाईको लागि सामान्य कुलो व्यवस्थापन हुन नसक्नुको परिणाम समयमै रोपाई भने अझै हुन सकिरहेको छैन ।
राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमाले दुल्लु नगरपालिका वडा नं. ८ र ९ द्धारा पादुका ज्युलामा संयुक्त रोपाई दिवस कार्यक्रम गरेका छन । अनेम संघ र अनेकिसंघ समेत सहभागि रहेको उक्त धान दिवस तथा रोपाई दिवसको अवसरमा दुवै वडाका नेता कार्यकर्ताहरुको उल्लासमय सहभागिता रहेको थियो । धान उत्पादनको मुख्य क्षेत्रको रुपमा रहेको पादुका क्षेत्रमा आज पार्टीको तर्फबाट भएको उक्त दिवसिय रोपाई कार्यक्रमबाट किसानहरुका माझ पाटी एक सहयोगि निकायको रुपमा रहेको किसानहरुले बुझेका छन ।
रोपाई दिवसको अवसरमा बोल्दै दुल्लु नगरपालिका ९ का वडाध्यक्ष तथा नेकपा एमाले दुल्लु नगर कमिटि सदस्य तिलक उपाध्यायले पार्टीको जिल्ला र केन्द्रिय निर्देशन बमोजिम दुल्लु नगरपालिकाको १३ वटै वडा क्षेत्रमा रोपाई दिवसको कार्यक्रमभइरहेको भन्दै पार्टीले किसानहरुको हक हितमा सधैँ काम गरेको छ र गर्नेछ भन्ने प्रतिवद्धता जनाउनको लागि दिवस मनाइएको बताउनुभयो । साथै सो अवसरमा उपाध्यायले समस्त किसानहरुलाई असार १५ र धान दिवसको शुभकामना समेत प्रदान गर्नुभएको छ ।
