२०८२ जेष्ठ २७ मंगलवार
२०८२ जेष्ठ २७ मंगलवार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२६ जेठ,२०८२

मृत्युसँग दिनप्रतिदिन लडिरहेका दैलेखको भैरवी गाउँपालिका वडा नं. १ रावतकोट गैराखाडीका २७ वर्षिए कुल बहादुर सुनारले जीवन बचाउको अपिल गरेका छन । एउटा दलित समुदायको गरिब परिवारका उनि काम र मजदुरीको लागि भारतको गुजरातमा गएको बेला एक्कासी क्यान्सरको सिकार बन्न पुगे । बुढो बुवा, श्रीमती र एक नावालक छोराको सहारा कुलबहादुर सिमित उपचार पश्चात थप उपचार गर्ने अवस्था नभएको र काम पनि गर्न नसक्ने अवस्थामा घर फर्किए पछी उनको हाल उपचार हुन सकिरहेको छैन ।
घाँटीमा गलाको क्यान्सर भएका उनको छाति चिरेर मासु प्रत्यारोपण गरेसँगै क्यान्सर रोगका लागि किमो चढाउने क्षमता नभएपछि घर आएको र यतिबेला कुनै शिप नलागेपछि दिन रात छटपटाइरहेका छन । सहयोग माग्न कहाँ जाने, कता जाने , अनि कोहि कसैको सहारा नपाएका उनि राज्यसँग समेत जीवन बचाउको भिक मागिरहेका छन ।

त्यसो त कुलबहादुरका बुढा बा र श्रीमतीलाई कुनै बाटो थाह छैन । छोरा नाबालक छन । कमाउन गएका छोरा एवं श्रीमान रोग सँगै मृत्युको भारी बोकेर घर फर्किएसँगै उनिहरुका दुःखका दिन झन थपिए । उनिहरुले पनि सानो सानो सहयोग गरेरै भएपनि छोराको उपचार र जीवन बचाउको माग गरेका छन ।

संगै कुल बहादुरका छिमेकीहरुले समेत सहयोगी मनहरुले सहयोग गरेको खण्डमा ठुलो पुण्य हुने भन्दै राज्य स्तरबाट समेत यस्ता सहाराविहिन पिडितहरुलाई राहत उपलव्ध गराउनुपर्ने बताएका छन ।

जता गहिरो उतै पहिरो भने झै रोगले पनि गरिव तथा दीनदुःखीहरुलाई नै पिँडा थपेपछी अबिरल आँशु रोकिएका छैनन् । राज्य स्तरबाट समेत यस्ता व्यक्तीहरुको लागि विशेष व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ भने अर्कोतिर पुण्य कमाउन कुनै मन्दिर जानुको साटो यस्ता व्यक्तीहरुका सानो सहयोग गर्नु ठुलो धर्म हुन्छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२६ जेठ,२०८२

दैलेखको दुल्लु नगरपालिका वडा नं. १० ले औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । १० नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

दुल्लु नगरपालिका वडा नं.१० को वडा कार्यालय गमौडीमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव भक्त बहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा सवालजवाफ समेत गरेका छन । कार्यक्रममा सहभागि सेवाग्राहीहरुले राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष दिपेन्द्र कुमार पुरीले गर्नुभएको थियो ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२६ जेठ,२०८२

दैलेखको दुल्लु नगरपालिका वडा नं. ५ ले औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । दुल्लु नगरपालिका १० नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
दुल्लु नगरपालिका वडा नं. ५ को वडा कार्यालय दुल्लु रातिमाटामा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव विकाश शाहीले प्रस्तुत गर्नुभएको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा सवालजवाफ समेत गरेका छन । कार्यक्रममा सहभागि सेवाग्राहीहरुले राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष पुर्ण प्रसाद उपाँध्यायले गर्नुभएको थियो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।