सुर्खेत,२५ जेठ २०८२
युरोपियन युनियनको आर्थिक सहयोग, युएन ओमेनको प्राविधिक सहयोग तथा नेपाल सरकारको समन्वयमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल अभियान अन्तर्गत चौकुने गाउँपालिका वडा नं. ८ र ९ सुर्खेत,दुल्लु नगरपलिका वडा नं. ५ र ८ दैलेख ,भैरबी गाउँपालिका वडा नं. १ र ३ दैलेख तथा सानीभेरी गाउँपालीका वडा नं. ३ र ८ रुकुमपश्चिममा वडा स्तरीय लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता सम्वन्धी तालिम ३ दिने तालिम सम्पन्न भएको छ । “लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना“ अन्तर्गत तालिमको बिभिन्न वडामा संचालन भएको थियो ।
सो परियोजना प्रो–पब्लिकको अगुवाइमा सुशासन प्रवद्र्धनका लागि युवा (YGGP) कर्णाली प्रदेश सुर्खेत, निडस नेपाल सुदूरपश्चिम प्रदेशको साझेदारीमा संचालन भईरहेको छ । परियोजना कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका १० वटा स्थानीय तहका २० वडामा कार्यान्वयन भइरहेको छ । परियोजनाले महिला तथा पछाडि पारिएको समुह, दलित, जनजाती, सिमान्तकृत र अपांगता भएका व्यक्तिहरुको निर्णयमा पहुच हभिवृद्धि, जवाफदेहिता र पारदर्शिता माग अभिवृद्धि गरी लैङ्गिक समानता, सामाजिक न्याय, महिला शसक्तिकरण र जवाफदेहिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
प्रो पव्लिक टिम लिडर पोष्ट केसीले उक्त कार्यक्रमले समुदायमा सुशासन र लैङ्गिक समानता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले परियोजनाले स्थानीय सरकार, नागरिक समाज र समुदायबीचको सहकार्य अभिवृद्धि गरी लैगिंक समानता र सामाजिक जवाफदेहिता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नु भयो ।
तालिममा सुशासन प्रवद्र्धनका लागि युवा संस्था(YGGP)का कार्यकारी निर्देशक घनश्याम केसी, परियोजना ब्यवस्थापक खगेन्द्र बहादुर सिजापति सहजकर्ताहरु अन्जली बिसी, खगेन्द्र थापा ,पुतला खड्का, सिता घर्ति, शान्ती भन्डारी,मनिशा भन्डारी , सुतिता थापा र टीका जोसीले सहजीकरण गर्नु भएको छ । उनीहरूले सहभागीहरूलाई लैङ्गिक समानताको अवधारणा, सामाजिक जवाफदेहिता, सार्वजनिक सेवा पहुँचमा हुने विभेद, स्थानीय तहमा हुने लैङ्गिक हिंसाका मुद्दाहरू, योजना तर्जुमा नागरिक सहभागिता, सामाजिक जवाफदेहिता औजार सार्वजनिक सुनुवाई, सुचनाको हक, नागरिक वडा पत्र, नागरिक प्रतिवेदन पत्र सम्वन्धी विषयमा प्रशिक्षण दिनु भयो ।
तालिममा वडा अन्तरगतका महिला समूह तथा पछाडि पारिएका समुह, दलित जनजाती, सिमान्कृत तथा अपांगता भएका व्यक्तिहरू गरी जम्मा १६० जना सहभागी रहेका थिए । सहभागीहरूले तालिमबाट लैङ्गिक समानताबारे गहिरो बुझाइ विकास भएको, स्थानीय तहमा हुने निर्णय प्रक्रियामा महिला तथा सीमान्तकृत समुदायको भूमिका र स्थानीय तहमा जवाफदेहिता र पारदर्शिताको वारेमा क्षमता अभिवृद्धि भई लैगिंक समानता अभिवृद्धि गर्न सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।
तालिममा सहभागीहरूबीच समूह कार्य, अनुभव आदानप्रदान, प्रस्तुति तथा संवादको माध्यमबाट सिकाइ प्रक्रिया अझ सशक्त बनाइएको छ । प्रशिक्षकहरूले तालिम अवधिभर सहभागीहरूलाई व्यवहारिक अभ्यासका माध्यमबाट सिकाउने प्रयास भएको थियो ।
यस किसिमको तालिमले महिला तथा पछाडि पारिएको समुह, दलित जनजाती र अपांगता भएको व्यक्तिहरुको स्थानीय तहमा सामाजिक जवाफदेहिता बढाउन, नीति निर्माण र सेवा प्रवाहमा नागरिक सहभागिता सुनिश्चित गर्न र सुशासन प्रवद्र्धनमा सघाउने अपेक्षा गरिएको छ । तालिम सम्पन्न भएपछि सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई आफ्ना समुदायमा कार्यान्वयन गर्दै लैङ्गिक न्याय र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्न सहयोग पुग्ने छ । तालिम पाश्चात लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल गठन गरिएको छ ।

