२०८२ जेष्ठ २१ बुधबार
२०८२ जेष्ठ २१ बुधबार

भगवतीमाई गाउँपालिकाको दोस्रो नमूना युवा गाउँ सभा अभ्यास कार्यक्रम सम्पन्न

दैलेख, जेष्ठ १९, २०८२
दिपेन्द्र कार्की बस्ताकोटी
दैलेखको भगवतीमाई गाउँपालिकाको दोस्रो नमुना युवा गाउँसभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित दोस्रो नमूना युवा गाउँ सभा अभ्यास कार्यक्रम जेष्ठ १४ र १५ गते सफलता साथ सम्पन्न भएको हो। उक्त कार्यक्रमको आयोजना भगवतीमाई गाउँपालिका गाउँ युवा परिषद्ले गरेको हो, भने समन्वयमा गाउँपालिका स्तरीय युवा क्लब सञ्जाल र राष्ट्रिय युवा परिषद रहेका थिए। साथै, युवालय र अक्सफाम इन नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।


गाउँपालिका भित्रका युवाहरूलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष सहभागी गराउँदै व्यवहारिक ज्ञान प्रदान गर्नु, नीतिनिर्माण प्रक्रियामा उनीहरूको आवाज बुलन्द गराउनु, र लोकतान्त्रिक अभ्यासप्रति उनीहरूमा अनुभव तथा समझदारी अभिवृद्धि गर्नु कार्यक्रमको उदेश्य रहेको थियो।

कार्यक्रमको अवसरमा अभ्यास सत्रमा सहभागी युवाहरूले रु.३९ करोडको बजेटसहित नमूना गाउँसभा अभ्यास डेमो प्रस्तुत गरेका थिए। अभ्यास अन्तर्गत श्री मोहन खड्का अध्यक्ष र निरुता सोनी उपाध्यक्ष पदमा सर्वसम्मत चयन भए। त्यस्तै, ७ वटै वडाबाट प्रतिनिधित्व गर्दै वडा अध्यक्ष तथा अन्य गाउँसभा सदस्यहरूको भूमिकामा युवाहरूले सक्रियतापूर्वक सहभागिता जनाए।

कार्यक्रमको उद्घाटन सत्रको सभाध्यक्षता भगवतीमाई गाउँपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष श्री राजेन्द्र अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष श्री गणेश बहादुर थापा रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री नारायणजंग पाण्डे, वडा नं. ४ का अध्यक्ष श्री देवलोक अधिकारी, प्रशिक्षक श्री प्रकाश खड्का, शिक्षा शाखा प्रमुख श्री मानबहादुर विश्वकर्मा, सामाजिक शाखा प्रमुख श्री विकास जिसी,वडा सदस्य श्री नरेन्द्र ओली, कर्मचारी प्रेम बहादुर खड्का, शिक्षक प्रेमप्रसाद दाहाल, प्रभु बैंकका प्रमुख श्री जनक थापा, पालिका कर्मचारी मनोज थापा, युवा छायाँ सरकारका वडा नं। ६ का अध्यक्ष श्री रबिन्द्र नेपाली, सात वटै वडा स्तरीय युवा क्लब र पालिका स्तरीय युवा छायाँ सरकार बाट प्रतिनिधित्व गर्दै कुल २६ जना युवा कार्यक्रममा सहभागी भएका थिए। उनीहरूको जोश, सक्रियता र सशक्त प्रस्तुतिले कार्यक्रमलाई समावेशी, प्रेरणादायी र फलदायी बनाएको थियो।

कार्यक्रम सञ्चालनको जिम्मेवारी युवा क्लब सञ्जालका सदस्य श्री भूपेन्द्र रेग्मीले लिनुभएको थियो। उहाँले सम्पूर्ण सत्रहरूलाई मर्यादित, आकर्षक र प्रभावकारी ढंगले अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
उक्त कार्यक्रमका साझेदारहरू,भगवतीमाई गाउँ युवा परिषद्, भगवतीमाई गाउँपालिका स्तरीय युवा क्लब सञ्जाल रहेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।