दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१५ जेठ,२०८२

दैलेखको महाबु गाउँपालिका वडा नं. ५ ले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा यस वर्षकोा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
महाबुँ गाउँपालिकाको वडा नं. ५ स्थित कार्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा क्षेत्रबाट सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विविध विषय गरिएका प्रगति प्रतिवेदन वडाध्यक्ष तथा प्रमुख जवाफदेही वक्ता दिप बहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीले वडा कार्यालयबाट प्रवाह गरिएका सेवाहरुको सकारात्मक सुधारसँगै आवश्यक विकासनिर्माणको सन्दर्भमा प्रश्न गर्दै सल्लाह सुझाव समेत प्रदान गरेका छन । उक्त कार्यक्रमको सहजिकरण बस्ताकोटी मिडिया प्राली दुल्लुले गरेको थियो ।
