दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ३०,२०८२
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यतिवेलाको समयमा शुसासन र जवाफदेहिता रहेको बताउनुभएको छ । दैलेखको गुराँस गाउँपालिकाको १६औँ गाउँसभाको अधिवेशनलाई संवोधन गर्न गुराँस गाउँपालिकाका पुग्नुभएका प्रदेश प्रमुख जोशीले गाउँसभालाई संवोधनको क्रममा उक्त धारणा राख्नुभएको हो । उहाँले यतिबेला शुसासन महत्वपुर्ण भएको भन्दै हरेक स्थानिय तहमा शुसासन भएको खण्डमा सिंगो कर्णाली प्रदेश अघि बढ्ने बताउनुभयो । उहाँले गुराँस गाउँपालिका जस्तै अन्य पालिकाले स्रोत साधनको उचित प्रयोग गर्न सक्नुपर्ने धारणा राख्दै कर्णाली सुनको सिरानीमा निदाएको र अब व्युझाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले यतिबेला सिंगो कर्णाली र त्यसमा पनि दैलेख सबैको नजरमा बसेको समेत बताउनुभयो ।

