
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ३०,२०८२
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यतिवेलाको समयमा शुसासन र जवाफदेहिता रहेको बताउनुभएको छ । दैलेखको गुराँस गाउँपालिकाको १६औँ गाउँसभाको अधिवेशनलाई संवोधन गर्न गुराँस गाउँपालिकाका पुग्नुभएका प्रदेश प्रमुख जोशीले गाउँसभालाई संवोधनको क्रममा उक्त धारणा राख्नुभएको हो । उहाँले यतिबेला शुसासन महत्वपुर्ण भएको भन्दै हरेक स्थानिय तहमा शुसासन भएको खण्डमा सिंगो कर्णाली प्रदेश अघि बढ्ने बताउनुभयो । उहाँले गुराँस गाउँपालिका जस्तै अन्य पालिकाले स्रोत साधनको उचित प्रयोग गर्न सक्नुपर्ने धारणा राख्दै कर्णाली सुनको सिरानीमा निदाएको र अब व्युझाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले यतिबेला सिंगो कर्णाली र त्यसमा पनि दैलेख सबैको नजरमा बसेको समेत बताउनुभयो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ३०,२०८२
दैलेखको गुँरास गाउँपालिकाले आज एक औपचारिक कार्यक्रम सहित आफ्नो गाउँसभाको १६औँ अधिवेसन सम्पन्न गरेको छ । कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको र फरक पहिचान भएको गुराँस गाउँपालिकाले गत असार १० गते विधिवत उद्धघाटन गरेको गाउँसभाको अधिवेसनमा आर्थिक वर्ष २०८२÷८३ का लागि निति तथा कार्यक्रम र त्यसमाथी बजेट पारित गरेको थियो । बजेटको हिसाबमा जिल्लाका ११ वटा स्थानिय तहहरु मध्ये दोस्रो एवं आन्तरिक आम्दानीतर्फ जिल्लाकै पहिलो पालिकाको रुपमा स्थापित गुराँस गाउँपालिकाले कृषि ,पर्यटन र पुर्वाधार लक्षित निति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै विकास निर्माण र सेवाप्रवाहमा पारदर्शितालाई अवलम्बन गर्ने रणनिति अघि सारेको छ । जस अन्तरगत विगत वर्षहरुमा गाउँपालिका द्धारा सञ्चालित विभिन्न अधुरा विकास पुर्वाधारहरुलाई पुरा गर्ने र नेपाल सरकारको निति कार्यक्रममा आधारित मानव विकास सुचांक र दिगो विकास लक्ष्यलाई समेत पुरा गर्ने निति कार्यक्रम र बजेट पेस गरेको छ ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गाउँसभाको अधिवेशनमा यस अघि गाउँकार्यपालिकाको वैठकबाट निर्माण गरिएका विभिन्न ऐन कानुन र विद्येयकहरु समेत पारित गरिएको छ । गाउँसभाको विशेष वैठकलाई संवोधन गर्दै कर्णाली प्रदेश प्रमुख जोशीले देश विकासको मुख्य कसि भनेकै शुसास भएको र जसको अभावमा हामी पछाडी परेको बताउनुभयो । उहाँले कर्णाली सुनको सिरानीमा निदाएको र व्युझाउन सकेको खण्डमा सिंगो नेपालको विकास संभव भएको धारणा राख्नुभयो ।
उक्त गाउँसभाको अधिवेशन समापन पश्चात बोल्दै गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले गाउँपालिकाको अधिवेशन उल्लासमय वातावरणमा सम्पन्न भएको बताउदै गाउँसभाबाट विगतका दिनहरुमा अधुरा रहेका विकासनिर्माण पुरागर्ने उद्धेश्य एकातिर रहेको र अर्कोतिर गाउँपालिकाबासी नागरिकहरुलाई स्वरोजगारका कार्यक्रमहरु समेत प्राथमिकतामा राखिएको बताउनुभयो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार २९,२०८२
दैलेखको चामुुण्डाबिन्द्रासैनी नगरपालिकाले आफ्नो १७ औँ नगरसभा एक औपचारिक कार्यक्रमका बिच सम्पन्न गरेको छ । गत असार १० गते विधिवत उद्धघाटन गरिएको नगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०८२÷८३ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नगरपालिकाले नगरसभाबाट नगरपालिकाको शिक्षा र कृषि लाई मुख्य प्राथमिकिरण गर्दै नगरपालिकाको चौतर्फी विकासका साथै नगरबासीलाई उत्पादनशिल क्षेत्रसँग जोड्दै आर्थिक विकास केन्द्रित निति कार्यक्रम अघि सारेको छ ।
आइतबार साँझ ढिलो गरि सुरु भएको नगरसभाको दोस्रो वैठकले आर्थिक वर्ष २०८२÷८३ का लागि करिब ५४ करोड बजेट समेत प्रस्तुत गरेको छ । नगरसभाको दोस्रो वैठकमा नगरउपप्रमुख मनसरा कुमारी शर्माले आर्थिक विद्येयक र विनियोजन विद्येयक का साथै तय गरिएका विभिन्न योजनाहरुमाथी बजेट प्रस्तुत गर्नुभएको थियो ।
शिक्षा, स्वास्थ्य , कृषि , पर्यटन लगाएत विकास पुर्वाधारहरुलाई अग्रपंतिमा राख्दै बिवादरहित वातावरणमा नगरसभा सम्पन्न गरेको छ । । नगरसभा समापन पश्चात बोल्दै नगरप्रमुख गणेश कुमार शाहीले नगरसभा विवादरहित तरिकाले सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको बताउदै विगतको भन्दा फरक र गतिशिलत निति तथा कार्यक्रम माथी प्रस्तुत भएको बजेटले शिक्षा, कृर्षि र विकास पुर्वाधार लक्षित बजेटबाट समग्र नगरबासीको जीवनस्तर परिवर्तन गर्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।