२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

संयुक्त रुपमा दुल्लु नगरपालिकाको वृहत वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२७ असार ,२०८२

दैलेखको दुल्लु नगरपालिकाले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख कार्यालयसंग संयुक्त रुपमा आयोजित उक्त सार्वजनिक सुनुवाई कार्यक्रम जिल्लाकै एक विशेष कार्यक्रमको रुपमा रहेको थियो । जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेख र दुल्लु नगरपालिकाद्धारा त्रिपक्षिय रुपमा सञ्चालन गरिएको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा जिल्ला स्थित विभिन्न सेवाप्रदायक कार्यालयको समेत सहभागिता रहेको थियो ।
संघ, प्रदेश र जिल्ला लगाएत स्थानिय तहको संयुक्त आयोजित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह््रे , जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बहादुर बराल र दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजाल प्रमुख जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो भने अन्य विभिन्न कार्यालयका प्रमुखहरु समेत जवाफदेहि वक्तको रुपमा रहनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख र दुल्लु नगरपालिकाको वार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सहभागि सेवाग्राहीहरुले जिल्ला स्थित विभिन्न कार्यालयको सेवाप्रवाह लगाएत विकास निर्माणको सन्दर्भमा प्रश्न , सल्लाह सुझाव, जिज्ञासा समेत राखेका थिए । सेवाग्राहीहरुले राखेका प्रश्न र जिज्ञासाहरुको सम्बन्धित जवाफदेहि वक्ताहरुले सहजिकरण गर्दै जवाफ दिनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सहभागि स्थानियबासी सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण ,सडक लगाएत नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रको सन्दर्भमा प्रश्न गर्दै सल्लाह सुझाव समेत प्रदान गरेका थिए ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।