
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
असार २७, २०८२
बलात्कार सम्बन्धी तीन वटा छुट्टाछुट्टै घटनाका तीन जना कसूरदारलाई दैलेख जिल्ला अदालतले कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट ती कसूरदारहरुलाई ७ देखि १२ वर्ष कैदको फैसला भएको अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
भैरबी गाउँपालिका–१ रावतकोटका ३० वर्षीय दीपेन्द्रबहादुर बिष्टलाई ७ वर्ष कैद, ३ लाख रुपैंयाँ जरिवाना र ५० हजार रुपैंयाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको जानकारी दिइएको छ ।
२०७९ पुस २५ गते जंगलमा १९ वर्षीया दलित युवतीलाई बलात्कार गरेको र गर्भ रहेपछि जात नमिलेको भनी विवाह गर्न सम पन्छिएपछि पीडित पक्ष कानूनी उपचारमा जुटेको थियो । पीडित पक्षले फागुन २३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा पक्राउ गरेको थियो ।
घटनाको सम्वन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७९ चैत १९ गते दैलेख जिल्ला अदालतमा दर्ता गराएको भोलिपल्ट चैत २० गते थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले कारागार थुनामा पठाएको थियो ।
पीडित युवती गर्भवती भएकी र कसूरदारले आफू क्षेत्रीको छोराले दलितसंग विवाह गर्ने कुरा हुनसक्दैन भन्दै जातका कारण पञ्छिएपछि पीडितको चाहना अनुसार सुर्खेत प्रदेश अस्पतालमा ५ महिनाको गर्भपतन गराइएको थियो ।
यस्तै अर्को घटना १५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएका नौमूले गाउँपालिका–२ बालुवाटारका २१ वर्षीय सूर्यबहादुर गिरीलाई पनि आजको फैसलाबाट १२ वर्ष कैद, ५ लाख रुपैंयाँ जरिवाना र एक लाख रुपैंयाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ ।
०८० असार २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा कसूरदारलाई प्रहरीले फागुन १० गते पक्राउ गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ११ गते दैलेख अस्पतालमा भएको थियो । पीडित बालिकाले ०८० चैत १५ गते छोरा जन्माएकी छिन् ।
प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले चैत ५ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको भोलिपल्ट चैत ६ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कारागार थुनामा पठाइएको थियो ।
अर्को तेश्रो घटना १९ वर्षीया अशक्त युवतीलाई बलात्कार गरेको कसूरमा परिवर्तित नाम दैलेख ३ ले १७ वर्षीय बालक लाई दैलेख जिल्ला अदालतको आजको फैसला अनुसार ८ वर्ष कैद, ३ लाख रुपैंयाँ जरिवाना र ५० हजार रुपैंयाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ ।
यो घटनामा ०८१ असोज २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २५ गते प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो उजुरी परेकै दिन प्रहरीले कसूरदारलाई पक्राउ गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असोज २५ गते दैलेख अस्पतालमा भयो ।
मुद्दाका सम्बन्धमा ०८१ कात्तिक १४ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे नै मुद्दाको पुर्पक्षका लागि बिज्याईकर्ता बालकलाई बाल सुधार गृह नेपालगञ्ज पठाइएको थियो । एकै दिन तीन वटा बलात्कार घटनाको फैसला हुनुले दैलेखमा बलात्कार घटनाहरु पनि बढेको र कानूनी सचेतना बढेको रुपमा पनि लिइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०का मानव अधिकार अभिलेख सूचांकमा बर्षेनी २५–३० बलात्कार घटना अदालत पुग्ने गरेका छन् । बलात्कारपछि गर्भवती भएका आजै फैसला भएका घटना जस्तै गम्भीर प्रकृतिका घटनाहरु मात्र कानूनी उपचारमा आउने गर्दछन् ।
साभार ः पहरेदार अन्लाईन खबरबाट
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
असार २७, २०८२
दैलेखमा भीरबाट खसेर एक बावलको मृत्यु भएको छ । दैलेखको भैरवी गाउँपालिका वडा नं ७ डाँडासरुका १२ वर्षीय बालक विशाल बरालको मृत्यू भएको भैरबी गाउँपालिकाका कार्यपालिका सदस्य मुना थापामगर जानकारी दिनुभयो ।
हिजो विहीबार साँझ बाख्रा गोठालाबाट फर्किने क्रममा सिल्कीखोरिया भिरबाट झण्डै ४ सय मीटर खोल्सामा खस्दा उनको घटना स्थलमै मृत्यू भएको बताइएको छ । बालक भगवती आधारभूत विद्यालय भाँटीचौरमा कक्षा ८ मा अध्ययनरत थिए । मृतक बालकका बुबा लालबहादुर बराल डेढ वर्षदेखि मलेसियामा रोजगारी गरिरहेका छन् भने घरमा आमा छबिकला र उनको एक भाई मात्र घरमा छन् ।
म त टाढाको मान्छे मलाई स्पष्ट याद नभएको बाहिरको मान्छेबाट सुनेको नाम सिन्धुलि जिल्लातिरबाट आएको तिम्रो लागी के टाढा के नजिक सारा विश्व ब्रह्माण्ड तिम्रो अधिनमा छ । तिमिले मलाई देख्थ्यौं,मैले तिमिलाई देख्दिनथें ।तिमिले मलाई हरेक क्षण बचाइरहेको हुन्थ्यौं म यो कुरो पत्तै पाउंदिनथें । तिमी मेरो वरीपरी नै हुन्थ्यांै ।तर म कहिल्यै देख्दिनथें । तिमी कुन रुपमा आउथ्यौं र संंँगै हुन्थ्यौं म चालै पाउंदिनथें । तिम्रो नाम समेत सुनेको थिइनं । सानो छंदा धेरै पछी मात्र मैले तिम्रो नाम सुन्न पाएँ एघार ,बाह्र वर्ष भएपछी आराध्यदेव , देवादीदेव भगवान पशुपतिनाथ भनेर ।
तिम्रै लिला भनौं क्यारे म सानैमा चार पांच वर्षको छँंदै स परिवार आमावावा संँंगै तिमी भएको स्थानमा आएँ । गौरीघाटमा तिम्रो नजिक आएपछी मेरो कल्याण नै हुने भयो । एक दुई वर्ष जती म आमावावाको माया ममता उपभोगमा नै विताए पछी कुन्नी आमावावालाई के असहज भयो त्यहांबाट मैजुवहाल तिर सरें।त्यस पछी म तिमिबाट अलि टाढा हुन पुगें । तिमिबाट अलिपर हुने वित्तिकै हाम्रो दशा सुरु भयो त्यसपछी बाबा घर आउन छोड्नुभयो । आमालाई विस्तारै चार जना छोराछोरीलाई लाउन खान दिन मुस्कील पर्दै गयो । आमाले दुवै दाईलाई अरुको घरमा काम गर्न राखिदिनुभयो । अव आमासंग बहिनी र म मात्र बांकी रह्यौं ।मलाई पनि आमाले केही महिनापछी अरुको घरमा काम गर्न छाडिदिनुभयो । त्यस पछी म सदाको लागी एक्लो भएँ ।
भनिन्छ नि जसको कोही हुंँदैन उसको भगवान हुन्छ । म जहां भएपनि जता बसेपनि तिम्रो सदैव साथ रहिरह्रयो । मेरो बाल मस्तिष्कले यो कुरा बुझ्दैनथ्यो । मलाई त्यस घरमा असहज भैरहेको थियो ।तिमिले मेरो मनको कुरा थाहा पाएरै होला ,त्यहाँबाट मलाई तानेर भएपनि आफ्नो सामिप्यमा ल्याई राख्यौ।
तिम्रै छेउछाउ बसी मैले केही वर्ष तिम्रै स्वरुप शिवलिङ्ग पुजापाठ आरती गर्न पाएं केही वर्ष त्यतै वित्यो त्यहाँ पनि मलाई विस्तारै असुर स्वभावका मानिसहरुले सताउन थाले मेरो हालत विग्रदै गयो । कमजोर बन्दै गएँ । तिमिले यो स्थीती बुझेर मलाई मानवको रुपमा आई त्यहांबाट पनि संधँैका लागि छुटायौ र खुल्ला आकासमुनि स्वतन्त्र रुपमा हिड्न सक्ने मान्छे बनायौ ।
तिम्रो ठाउं पशुपतिबाट टाढा जान खोज्थें काम खोज्दै टाढा सम्म पुग्थे तर घुमिफिरी फेरी तिम्रै ठाउंमा आइ पुग्थें ।कहिलेकांही त लाग्छ तिमिले मलाई छोड्न नसकेको हो की । मैले तिमीलाई छोड्न नसकेको हो ? तिम्रो र मेरो जन्मौं देखिको अन्योन्याश्रित सम्वन्ध छ जस्तो लाग्छ। जस्तै एउटा भक्त र भगवानको त्यसैले त मैले चाहेर पनि तिमिबाट टाढा जान सक्दिनं । त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव। त्वमेव विद्या द्रविणं त्वमेव, त्वमेव सर्वं मम देव देव॥सवै मेरो भन्नु र सम्झनु अभिभावक र संरक्षक हौ ।
तिम्रो छेउमा रहने मानिसलाई केही चिजको कमी हुन्नरे ।मेरो केही थिएन तर तिम्रो परिसरमा रहेर मैले धर्म ,अर्थ ,काम र मोक्ष सवै चिज प्राप्त गरे ।तिमिले दिन्छौ पनि लिन्छौ पनि मैले थुप्रै चिज पाएँ तिमिबाट र केही चिज पाएर पनि गुमाएं तर अंझै सहारा र प्रगतिको बाटो हिडाएकै छौ । तिमिले मैले चाहेको सवै कुरा पुर्यायौ ।त्यतिमात्र हैन जवजव म भयंकर डरलाग्दो संकटमा पर्थें तव तव तिमि कुनै न कुनै मानवको रुपमा आई मलाई संकटवाट बचाउँथ्यौ त कहिले ठुलो समस्यामा परेको वखत कुनै मानवलाई माध्यम बनाई पठाउंथ्यौ र दुखबाट मुक्त गराउँथ्यौ ।
तिमिलाई आज एउटा अर्को कुरा भन्न चाहन्छु । यो जन्ममा त मैले परिवारको मायां पाईन पारिवारिक सुख पाईन तर तिमी दयाको खानी हौ सवै चिजको दाता हौ र सवै प्राणिको मालिक पनि हौ । त्यस कारणपनि मलाई विस्वास छ की तिम्रो कृपा परेमा अर्को जन्ममा म एउटा शिक्षित सस्कारयुक्त धार्मिक परिवारमा जन्मने छु र त्यो पनि तिम्रो परिसर नजिक । तिमिले सवै कुरा बुझेका र्छाै केही लुकेको छैन तिमिवाट ,केही लुक्नै सक्दैन तिमिलाई हरेक मानवको मनभित्रको कुरा थाहा हुन्छ ।
त्यसैले मेरो एउटा प्रार्थना तिमिलाई के छ भने , मेरो छोरा पनि तिम्रै भक्त हो ।तिमिलाई छोरो बारे पनि पक्कै थाहा होला उ तिम्रो मन्दिरमा आएर धेरै पल्ट गइसक्यो ,बेलाबेलामा मौका पारेर तिम्रो आशिर्वाद पनि लिन आउंछ । अव उसको भविष्य कता लाने हो कुन मार्ग उसलाई सही हुन्छ ,तिमिलाई नै ज्ञात होला ,म त उसको लागी माध्यम मात्र हुं ,सवै तिम्रै हातमा छ ।
अन्त्यमा ,मेरो वचपन जवानी र सारा समय तिम्रै समिपमा रही वित्यो ।अव बचेको नाफाको जिवन तिम्रै परिसरमा रही विताउन पाउं ।
अन्त्यमा …………………………………………………….प्राण त्याग्न पाउं बांकी प्रभुको दया तिम्रो जो इच्छा जय पशुपतिनाथ जय अनाथोंके नाथ जय भोलेनाथ ।
निवेदक
तुच्छ भक्त
बद्री लामा
पशुपति ,कामपा
निवेदक बद्री लामा साहित्यमा कलम चलाउने व्यत्तित्वहरु मध्ये एक हुनुहुन्छ । उहांको “मेरा कविता तथा गजलहरु कृति प्रकासित भई लाइव्रेरी अफ कंग्रेसबाट आइएसविएन नं प्राप्त गरि सकेको छ । लेखनमा रुचि राख्ने लामा नेपाली लेखक संघमा समेत आवद्ध हुनुहुन्छ ।
असार २६ २०८२
दुल्लु दैलेख
दैलेखको दुल्लु नगरपालिकामा गठित सेवा निवृत्त शिक्षक समितिले दुल्लुको शिक्षा सुधारका लागि चिन्ता र चासो देखाएको छ । भर्खरै मात्र प्रकाशित एसइईको नतिमामा सन्तोषजनक उपलव्धि नदेखिएपछि सेवा निवृत्त शिक्षकहरुले त्यसको लागि के गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ “शिक्षा सुधारमा सेवा निवृत्त शिक्षकहरुको भुमिका” विषयक अन्तरक्रिया दुल्लुमा सम्पन्न भएको छ । दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजालको उपस्थितिमा दुल्लुमा रहेका सेवा निवृत्त शिक्षकहरुले आ आफ्नो धारणा प्रस्तुत गरेका छन । दुल्लु स्थित इलाइट होटेको सभाहलमा सम्पन्न उक्त अन्तरक्रियाको अवसरमा बोल्दै नगरप्रमुख भरत प्रसाद रिजालले यतिबेला भौतिक पुर्वाधारतर्फ विद्यालयहरु बलियो भएपनि गुणत्मक रुपमा दुःखलाग्दो अवस्थामा पुगेको सन्दर्भ उठान गर्दै सेवा निवृत्त शिक्षकहरुले त्यस प्रति देखाएको चासो स्वागत योग्य भएको बताउनुभएको छ । उहाँले शिक्षाको गुणस्तर वृद्धिको लागि नगरपालिकाले धेरै लगानी गर्दै आएको भएपनि त्यो बालुवाको पानी भएको र अबका दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा सबैको साथ सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा दुल्लु नगरपालिकाका उपप्रमुख बिना कार्की , शिक्षा शाखा प्रमुख विकासजंग शाही लगाएत दुल्लु क्षेत्रका सेवा निवृत्त शिक्षकहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको अवसरमा दुल्लुमा शिक्षाको क्षेत्रमा अतुलनिय योगदान गर्दै सेवा निवृत्त हुनुभएका केहि शिक्षकहरुलाई विशेष सम्मान समेत गरिएको छ । कार्यक्रम सेवा निवृत्त शिक्षक भागवत हमालले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम सेवा निवृत्त शिक्षक समितिका अध्यक्ष शक्ति बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।