दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
३१ असार २०८२

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ५ का हंश कार्की अथवा हिक्मत कार्की सानैमा भागेर भारत पुगे । बुवा परे कार्की र आमा हस्तना कार्कीका माइला छोरा हंश कार्की त्यस पछि कहिल्यै घर फर्केनन । २०५९ सालमा भारत पसेका उनि केहि समय घरपरिवार र आफन्तजनको सम्पर्कमा भएपनि त्यसपछि सम्पर्क विहिन भए । बुवा परे कार्की र उनका दाजु जय बहादुर कार्कीले धेरै खोजी गरेपनि अन्नत कतै पत्ता लाग्न सकेनन् । घरपरिवारले उनलाई पाउने र उनि घर फर्केर आउने आशामा उनको बाटो भने हेरिरहे भने कहिले कतै आशालाई निराशामा बदलि सकेका थिए ।
गत ३० गते सोमबार एउटा फोटो निकै भाइरल भयो । लामो समयदेखी हराएका र आफन्तजनले सामान्यरुपमा बिर्सिनै लागेका उनै हंस कार्की अथवा हिक्मत कार्की हुन भन्दै उनको फोटो धेरै आफन्तजनले आफन्तजन र उनका दाजुलाई मेन्सनगर्दै धमाधम सेयर गरिरहेका छन ।
सानैमा परदेसिएका उनि घर जान भनेर महेन्द्रनगर कञ्चनपुर सम्म आएको र त्यहाँबाट कता जाने कसरी जाने भन्दै पुनः उतै फर्किको खबर छ । उनको फोटोलाई अरुले पहिचान गर्न नसकेपनि उनका दाजु जय बहादुर कार्की र उनका परिवारले राम्रैसँग पहिचान गर्नभने भ्याएका छन । उनले लेखेको पानमा समेत बुवाआमाको नाम र ठेगाना समेत स्पस्ट बाहिर आएको छ । साथै बुवा आमा र दाजुको नाम समेत स्पस्ट भनेकोले उनको बास्तविक परिचय भने खुल्न गएको हो । जसले गर्दा एक सन्तान विछोडिएको पविारले पुनर्मिनलनको आशा र खबरले खुशी भएको छ भने समयको प्रतिक्षामा तड्पिएको छ ।
यतिबेला उनि भारतको हरिद्वार भन्ने ठाउँमा घरजम गरेर बसेको खबर प्राप्त भएको छ । जे होस उनि हंस कार्की जिवित छन अनि उनले आफ्नो परिवार बिर्सेका छैनन् र उनि पनि परिवारसँग मिलनको पर्खाईमा उनि पनि तड्पिएका छन भन्ने स्पस्ट जानकारी सहित आशाको दियो पुनः बल्न सुरु भएको छ ।
तसर्थ भारतको .हरिद्वार लगाएत जुनसुकै ठाउँमा रहनुहुने र यो फोटोसँग परिचित वा निज हंस कार्कीसँग परिचित महानुभावले घरपरिवारसँग पुनर्मिलनको बातावरण बनाईििदनहुनका लागि अनुरोध गरिन्छ । ्
जसका लागि दाजु जय बहादुर कार्की ९८४४८९२०८१, अर्को दाजु जनक कार्की ९८६८१०९८०८, अंकल प्रेम बहादुर कार्की ९८४८२११५८२ मा सम्पर्क गरिदिन समेत अनुरोध गरिन्छ ।
जनहितका लागि भुगोल अन्लाईन पत्रिका तथा बस्तकोटी मिडिया प्राली. दैलेख
