दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१३ जेठ,२०८२
कर्णाली प्रदेशको डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका जिल्लाका अन्य ८ वटा पालिकाहरु मध्ये फरक पहिचान र भुबनोट भएको एक स्थानि तह हो । ११ वटा वडाहरु रहेको त्रिपुरासुन्दरी विकास निर्माण र सुसासनको क्षेत्रमा अन्य पालिकाहरु भन्दा धेरै अगाडी रहेको छ । त्रिपुरासुन्दरी देविको नामबाट नामाकरण गरिएको नगरपाकिले विगत देखी स्थानिय बासीको माग र आवश्यकताको आधारमा निति कार्यक्रम र बजेट निर्माण गर्दै आइरहेको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाले विगत जस्तै यतिबेला आर्थिक वर्ष २०८२÷८३ का लागि भौतिक पुर्वाधार र कृर्षिमा आधारित बजेटमाथी निति कार्यक्रमको तयारीमा रहेको बताएको छ । गाउँ बस्ति र टोलबाट प्राथमिकिकरण गर्दै स्थानियबासीहरुको मागको आधारमा यतिबेलाको योजनाहरु तय गर्ने र जसमा भौतिक पुर्वाधारतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी , सडक लगाएत विशेष गरेर कृषिमा आधारित कार्यक्रमलाई अघि सारेको नगरप्रमुख जनचन्द्र रोकायले बताउनुभयो ।

आर्थिक वर्ष २०८२÷८३ का लागि निति कार्यक्रम र बजेट निर्माणको तयारीको सन्दर्भमा बोल्दै त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर थापाले यतिबेला नगरपालिकाले वडा र बस्ति स्तरबाट स्थानियबासीको माग र भेलाको आधारमा योजनाहरु प्राथमिकिरण गर्दै नगरबासीको जनजिबिकाको योजनाहरुलाई अगाडी बढाउने लक्ष्यका साथ नगरपालिकाले निति तथा कार्यक्रमको तयारी गरेको बताउनुभयो ।
नगरपालिका सम्पुर्ण जनप्रतिनिधिहरुको सहकार्य र हातेमालोबाट हरेक निर्णयलाई सार्थक बनाउदै अगाडी बढिरहेको छ ।
