
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१३ जेठ,२०८२
कर्णाली प्रदेशको डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका जिल्लाका अन्य ८ वटा पालिकाहरु मध्ये फरक पहिचान र भुबनोट भएको एक स्थानि तह हो । ११ वटा वडाहरु रहेको त्रिपुरासुन्दरी विकास निर्माण र सुसासनको क्षेत्रमा अन्य पालिकाहरु भन्दा धेरै अगाडी रहेको छ । त्रिपुरासुन्दरी देविको नामबाट नामाकरण गरिएको नगरपाकिले विगत देखी स्थानिय बासीको माग र आवश्यकताको आधारमा निति कार्यक्रम र बजेट निर्माण गर्दै आइरहेको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाले विगत जस्तै यतिबेला आर्थिक वर्ष २०८२÷८३ का लागि भौतिक पुर्वाधार र कृर्षिमा आधारित बजेटमाथी निति कार्यक्रमको तयारीमा रहेको बताएको छ । गाउँ बस्ति र टोलबाट प्राथमिकिकरण गर्दै स्थानियबासीहरुको मागको आधारमा यतिबेलाको योजनाहरु तय गर्ने र जसमा भौतिक पुर्वाधारतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी , सडक लगाएत विशेष गरेर कृषिमा आधारित कार्यक्रमलाई अघि सारेको नगरप्रमुख जनचन्द्र रोकायले बताउनुभयो ।
आर्थिक वर्ष २०८२÷८३ का लागि निति कार्यक्रम र बजेट निर्माणको तयारीको सन्दर्भमा बोल्दै त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर थापाले यतिबेला नगरपालिकाले वडा र बस्ति स्तरबाट स्थानियबासीको माग र भेलाको आधारमा योजनाहरु प्राथमिकिरण गर्दै नगरबासीको जनजिबिकाको योजनाहरुलाई अगाडी बढाउने लक्ष्यका साथ नगरपालिकाले निति तथा कार्यक्रमको तयारी गरेको बताउनुभयो ।
नगरपालिका सम्पुर्ण जनप्रतिनिधिहरुको सहकार्य र हातेमालोबाट हरेक निर्णयलाई सार्थक बनाउदै अगाडी बढिरहेको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१३ जेठ,२०८२
कर्णाली प्रदेशको डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले भौगोलिक विकटताका कारण समग्र जिल्लाको सेवाप्रवाह र सुरक्षामा चुनौति रहेको बताउनुभएको छ । प्रजिअ महतले टिभि टुडे टेलिभिजनसँगको कुराकानीमा नेपालकै ठुलो क्षेत्रफल भएको र सबैभन्दा विकट जिल्लाको रुपमा रहेको डोल्पाका विभिन्न ८ वटा स्थानिय तहहरुमा सुरक्षामा चुनौति संगै सेवाप्रवाह सामान्य रहेको बताउनुभएको छ । यतिबेला समग्र डोल्पा जिल्लाका अग्ला पाटनक्षेत्रमा यार्सा संकलनको समय भएकाले यतिबेला बढि सुरक्षा चुनौति थपिने गरेको समेत बताउनुभयो । यार्सा संकलनको क्रममा भौगोलिक विषयलाई लिएर झडप समेत हुने गरेको सन्दर्भ उठान गर्दै प्रजिअ महतले नेपाली सेना र शसस्त्र प्रहरी समेत परिचालन गर्नुपरेको बताउनुभयो ।
कुराकानीको क्रममा प्रजिअ दाहालले यतिबेला डोल्पा जिल्ला २ भागमा रहेको र मौलिक परम्परालाई लिएर आफ्नै नियम कानुन समेत रहेकोमा प्रहरी प्रशासन भन्दा सामाजिक मुल्य मान्यतालाई अगाँल्ने गरेको समेत बताउनुभयो । उहाँले सडक सञ्जाल सहज नभएका कारण नागरिकहरु जटिल बिरामी हुँदा हेलिकप्टर मार्फत उद्धार गर्न समेत महंगो र चुनौतिको विषय रहेको समेत बताउनुभयो ।
माथिल्लो डोल्पा र तल्लो डोल्पा भनेर मुख्य २ भागमा रहेको डोल्पा जिल्ला उत्तर चिनसँग सिमाना जोडिएको जिल्ला समेत भएको सन्दर्भमा माथिल्लो डोल्पाका केहि स्थानिय तहहरुको समग्र सेवाप्रवाह समेत सदरमुकाम दुनै केन्द्रित हुने गर्दछ ।
दिपेन्द्र कार्की बस्तकोटी, दैलेख
१३ जेठ ,२०८२
दैलेखको दुल्लुनगरपालिका भित्रका सबै घरधुरीको बीमा गरिने भएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको ‘घर बीमा कार्यक्रम’ अन्तर्गत नेको इन्स्योरेन्स लिमिटेडमार्फत बीमा प्रक्रिया अगाडि बढाइएको हो।
प्राकृतिक विपत्तिबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले आगलागी, बाढीपहिरो, भूकम्प लगायतका प्राकृति जोखिमका लागि बीमा सुरक्षा प्रदान गर्नेछ। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै प्रदेश सरकारले ७९ वटै स्थानीय तहलाई कार्यविधि तयार गरी प्राविधिक सहयोग सहितको लागि पत्राचार गरेको थियो। ति मध्ये हालसम्म २३ वटा स्थानीय तहले कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएका छन । जस मध्ये दुल्लु नगरपालिकाले पनि उक्त कार्यक्रममा सहभागी भई सबै घरधुरीको बीमा गर्ने निर्णय गरेको हो।
आइतवार नगरपालिकाको कार्यालय दुल्लुमा आयोजित घर बीमा सम्बन्धी छलफल कार्यक्रममा प्रदेश सरकारको बजेटको प्रभावकारी उपयोग गर्दै बीमा कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक भएको भन्दै नेको इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख रमेश राज शर्माले बीमाको महत्व, जोखिम वहन प्रक्रिया, क्षति भएमा कसरी दाबी गर्ने र बीमा गर्न आवश्यक पर्ने कागजातबारे विस्तृत जानकारी गराउनुभएको थियो।
छलफल कार्यक्रममा नगरका नगर प्रमुख भरत प्रसाद रिजाल, प्रमुख प्रशासकिय अधिकृत तिलक वि.क., वडा अध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा बीमा कम्पनीका तर्फबाट नेको इन्सुरेन्स लि कर्णाली प्रदेश प्रमुख रमेश राज शर्मा र दैलेख उप(शाखा ईन्चार्ज सौरब चन्दको उपस्थिति रहेको थियो ।