दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१७ जेठ,२०८२

दैलेखको दुल्लु नगरपालिका वडा नं. ९ ले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा यस वर्षको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
दुल्लु नगरपालिका वडा नं.९ को वडा कार्यालय धामिगाउँ स्थित वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा क्षेत्रबाट सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास निर्माण र वडाबाट प्रवाह गरिएका सेवाहरुको सन्दर्भमा उपस्थित सेवाग्राहीहरुलाई स्पस्ट पारिएको छ । वडाबाट विविध विषयमा तयार गरिएको उक्र प्रगति प्रतिवेदन वडा प्रेम प्रसाद पाण्डेयले कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीले वडा कार्यालयबाट प्रवाह गरिएका सेवाहरुको सकारात्मक सुधारसँगै आवश्यक विकासनिर्माणको सन्दर्भमा राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेही वक्ता वडाध्यक्ष तिलक प्रसाद उपाध्यायले गर्नुभएको थियो ।
