२०८२ जेष्ठ २४ शनिबार
२०८२ जेष्ठ २४ शनिबार

दुल्लु नगरपालिकाद्धारा दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२३ जेठ ,२०८२

दैलेखको दुल्लु नगरपालिकाले आफ्नो दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । विशेष कारणबस केहि समय ढिलो गरि सञ्चालन भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा नगरपालिकाद्धारा हालसम्म भएका विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा आम सेवाग्राही नागरिकहरुलाई स्पस्ट पारिएको छ । दुल्लु नगरपालिकाको विनायक वैक बजारमा सञ्चालन गरिएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले नगरपालिका क्षेत्रमा हुने विकास निर्माण लगाएत सेवा प्रवाहको सन्दर्भमा हरेक चौमासिकमा अनिवार्य र नियमितरुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नगरप्रमुख भरत प्रसाद रिजाल प्रमुख जवाफदेही वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपप्रमुख बिना कार्र्की लगाएत वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सहित विभिन्न शाखाका प्रमुखहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिलक विकले नगरपालिकाको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सेवाग्राहीहरुका प्रश्नको सहजीकरण गर्दै नगरप्रमुख भरत प्रसाद रिजालले समग्रमा नगर सरकारले जनताको हितको लागि सदैव काम गरिरहेको भन्दै त्यसको लागि आम नागरिकहरुले पनि जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सहभागि स्थानियबासी सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण ,सडक लगाएत विविध सन्दर्भमा प्रश्न गर्दै सल्लाह सुझाव समेत प्रदान गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।