दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
माघ ६,२०८१
दैलेखको दुल्लु नगरपालिकाले तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८१ विविध कार्यक्रम सहित मनाएको छ । दुल्लु नगरपालिका कृषि शाखाद्धारा नगरपालिकामा क्रियाशिल विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा “स्वस्थ जिवन र पर्यावरणका लागि जैविक विविधता” भन्ने मुल नाराका साथ कृषि जैविक विविधता एवं रैथाने बालि उपज प्रदर्शनी समेत गरिएको छ । वदलिदो मौसम र हावापानी सँगै जलवायु परिवर्तनसँगै रैथाने वालीहरुको उत्पादनमा कमी हुन गई निर्यातमुखी खेतिप्रणाली भन्दा आयातित कृषि व्यावसाय बढ्दै गईरहेको समयमा नगरपालिकाद्धारा कृषि क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न कार्यक्रमले प्रभावकारी भुमिका खेलेको छ ।
विविध साँस्कृतिक कार्यक्रम सहित आयोजित कार्यक्रम तथा जैविक विविधता दिवसको अवसरमा नगरपालिकाको १३ वटै वडाभित्रका किसानहरुले आफुले उत्पादन गरेको विभिन्न रैथाने बालीहरु ,तरकारीहरु, अन्नबालीहरु र फलफुलबालीहरु प्रदर्शनी गराएका छन । नगरपालिकाको उक्त दिवसको अवसरमा सहभागि किसानहरुलाई प्रमाणपत्रद्धारा सम्मान समेत गरिएको छ । कृषि प्रदर्शनी र दिवसको अवसरमा बोल्दै दुल्लु नगरपालिकाका उपप्रमुख बिना कार्कीले नगरपालिका क्षेत्रबाट किसानहरुका लागि विभिन्न कार्यक्रमहरु तय गर्दै आइरहेको सन्दर्भ उठान गर्दै किसान र उपभोााक्ताको लागि आगामी दिनहरुमा हाटबजारको व्यवस्थापन समेत गर्न लागिरहेको बताउनुभयो ।
…….बिना कार्की उपप्रमुख दुल्लु नगरपालिका दैलेख………..
उक्त राष्ट्रिय कृषि जैविक विविधता दिवस र कृषि पर्दशनीको उद्धघाटन गर्दैैै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले यतिबेला रैथाने बालीको उत्पादनमा कमी आएको सन्दर्भ उठान गर्दै रासायनिक कृषि उपजहरुको आयात र प्रयोगले मानिसहरु दिनप्रतिदिन रोगि भइरहेको भन्दै नगरपालिकाले रैथाने बालीका उत्पादन र प्रयोगका लागि दिवसले महत्वपुर्ण सन्देस दिएको बताउनुभयो ।
………भरत प्रसाद रिजाल नगरप्रमुख दुल्लु नगरपालिका दैलेख
विभिन्न साँस्कृति कार्यक्रम सहित आयोजित कार्यक्रमको अवसरमा सहभागिहरुलाई रैथाने बालिको उत्पादनमा आधारित विभिन्न परिकारहरुको समेत व्यवस्थापन गरिएको थियो । कार्यक्रमलाई दुल्लु नगरपालिका कृषि शाखा प्राविधिक प्रमुख राजन कुमार विष्टले सहजीकराण गर्नुभएको थियो भने कार्यक्रम दुल्लु नगरपालिका आर्थिक विकास समिति संयोजक एवं दुल्लु नगरपालिका वडा नं. ६७ का वडाध्यक्ष हस्त बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको छ ।