२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

महाबुमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
३१ चैत्र,२०८१

दैलेखको महाबु गाउँपालिकाले गाउँपालिकामा बालरोग, स्त्रिरोग,अन्य रोगहरुको चेकजाँच र उपचारका लागि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महाँबु गाउँपालिका स्वास्थ्य शाखाद्धारा सञ्चालित उक्त शिविरमा गाउँपालिकाको विभिन्न वडाहरुबाट आएका स्थानियबासीले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
दैलेखको सबैभन्दा अग्लो स्थानमा रहेको विकट पालिकाको वडास्तरमा समेत विभिन्न समयमा विभिन्न शिविरहरु आयोजना गरेर आम नागरिकहरुको स्वास्थ्यसेवा प्रदान गर्दै आएको सन्दर्भमा शिविर महत्वपुर्ण रहेको छ । जिल्ला अस्पताल दैलेख, दुल्लु अस्पताल लगाएत महाबु अस्पतालका विशेषज्ञ डाक्टरहरुद्धारा सेवा प्रदान गरिएको उक्त शिविरमा करिब ५०० जना नागरिकहरुले स्वास्थ्य सेवा लिएका छन ।
शिविर सञ्चालनको अवसरमा बोल्दै महाबु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेश दशौँदीले जिल्लाभन्दा बाहिर जान नसक्ने नागरिकहरुका लागि गाउँपालिका स्तरमा गरिएको शिविरबाट राहत मिलेको भन्दै आम नागरिकहरुको स्वास्थ्य प्रति गाउँपालिका सचेत रहेको बताउनुभयो ।

स्वास्थ्य शिविरबाट सेवा लिएका नागरिकहरुले घरदैलोमा सेवा प्राप्त गरेपछि खुशी व्यक्त गरेका छन ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।