२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र ७, २०८१

दैलेखको दुल्लु नगरपालिकासँगको सहकार्य र हातेमालोमा यतिबेला करिब ३४ वटा संघसंस्थाहरुले आफ्ना विविध क्रियाकलाप र कार्यक्रम गरिरहेका छन । ति संघसंस्थाहरु मध्ये एक हो तयार नेपाल…. । विगत ५ वर्षदेखि दुल्लु नगरपालिका क्षेत्रको विकासनिर्माण लगाएत विपद व्यवस्थापनको मुख्य सारथीको रुपमा रहेको तयार नेपालले युएसएआईडीको आर्थिक सहयोगमा विभिन्न उदाहरणिय कार्य गर्दै आइरहेको थियो । तयार नेपालले परियोजना समापनको अवसरमा आज एक औपचारिक कार्यक्रम मार्फत परियोजना समापन भएको जानकारी गराएको छ ।
विगत कोभिडको महामारी देखि दुल्लु नगरपालिकामा क्रियाशिल तयार नेपालले बाढी, पहिरो, भुक्ष्य लगाएतको क्षेत्रमा उदाहरणिय योजनाहरु सम्पन्न गरेको छ भने दुल्लु नगरपालिकासँगको सहकार्यमा विभिन्न जनचेनतामुलक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । तयार नेपालले विधिवत विदाईको अवसरमा विगत दिनहरुमा दुल्लुमा कार्यक्रम गर्दा भएका सिकाईको आदानप्रदान गर्दै गरिएका उपलव्धिहरुको दिगोपना होस भन्ने सन्दर्भमा गरिएको कार्यशाला गोष्ठिमा जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यशाला समापनसँगै सस्थाका पदाधिकारीहरुको विदाई पश्चात बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले औपचारिक रुपमा तयार नेपालको विदाई गर्नुपरेको तितो यथार्तलाई चित्रण गर्दै ठुलाठुला उपलव्धिहरु हासिँल गरेको बताउनुभयो ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र ७, २०८१

दैलेखको दुल्लु नगरपालिका कर्णाली प्रदेशकै दोस्रो ठुलो स्थानिय तह हो । सिजा राज्यको हिउँदे राजधानीको रुपमा रहेको तथा नेपाली भाषाको शिलालेख अवस्थित दुल्लुक्षेत्रको आफ्नै पहिचान रहेको छ । यतिबेला विकास निर्माण लगाएत सेवा प्रवाहको हिसावले पनि दुल्लु नगरपालिका कर्णाली प्रदेशका ८९ स्थानिय तहहरु मध्ये अग्रपंतिमा रहेको छ । १३ वटा वडाहरु रहेको दुल्लु नगरपालिको ठुलो भुभाग र समुचित विकासनिर्माण एक पहिचानको रुपमा रहेका छन ।
यतिबेला दुल्लु नगरपालिकाले एकिकृत सेवा मार्फत सेवा प्रवाह सञ्चालन गरेको छ । वडाक्षेत्रबाट काम लिएर नगरपालिका आउने सेवाग्राहिहरुका लागि सहज होस भन्नका लागि एकिकृत सेवाको थालनी गरिएको हो ।
काम लिएर नगरपालिका आउने सेवाग्राहिहरुले कुन सेवा कुन शाखाबाट लिने ? कसलाई भेट्ने ? आवश्यक प्रमाणहरु कुन कुन हुन ? भन्ने जानकारी नहुँदा सामान्य काममा समेत दुःख पाउने गरेको र हप्तौसम्म लाग्ने गरेको सन्दर्भमा अब भने हरेक कामको हिसावकिताव हुनुका साथै छिटो छरितो मात्र होइन कुन काम गर्न कति समय लाग्छ , साथै आफ्नो फाइल कहाँ पुगेको छ भन्ने जानकारी सहजरुपमा पाउने भएका छन ।
गत वैशाख महिनाबाट सामान्य रुपमा परिक्षणको रुपमा रहेको एकिकृत सेवा आजबाट औपचारिक रुपमा सुरु गरिएको छ । युएनडिपिको युसेज कार्यक्रम मार्फत सञ्चालन गरिएको एकिकृत सेवा प्रवाहमा सेवाग्राहि नगरपालिकामा प्रवेस गर्नासाथ टोकन मेसिनबाट चाहिएको सेवा रुजु गर्दै अगाडी बढ्छन । जस अनुसार एकिकृत सेवाको सुचना बमोजिम कुन काउण्टरमा जाने भन्ने निर्देशन पर्खिदै त्यहाँ पुग्छन । कर्मचारीले उनिहरुको समस्याको बारेमा बुझेर कामलाई अगाडी बढाउछन । अर्को डिस्प्लेमा सेवाग्राहीको नाम सहित कामको उद्धेश्यको बारेमा जानकारी गराउदैँ लाग्ने समय, भइरहेको कामको प्रगति लगाएत थुप्रै जानकारी एकैसाथ प्राप्त गर्दै सेवाक्षेत्रमा नै आवश्यक प्रक्रिया पुरा हुन्छ । काम सकिएपछि पाएको टोकनलार्ई सेवाको प्रभावकारीता मुल्यांकन गर्ने अवसर समेत प्राप्त गर्न पाउछन । जसमा अतिराम्रो, राम्रो, ठिकै र नराम्रो भन्ने बाकसमा टुकनलाई राख्ने व्यवस्था छ । जस अनुसार सेवाग्राहिद्धारा गरिएको मुल्यांकनलाई कर्मचारीहरुद्धारा जाँच गर्दै आवश्यकताको आधारमा थप सेवा विस्तार गर्ने प्रावधान राखिएको छ ।
एकिकृत सेवा प्रवाहको आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । उद्धघाटनमा सहभागि दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले राम्रो सेवाको सुरुवात गरिएको भन्दै प्रदेशकै एक नमुना कामको थालनि भएको भन्दै सबैलाई समान सेवा प्रदान गर्नका लागि एकिकृत सेवा प्रवाह प्रभावकारी रहेको समेत बताउनुभयो ।
यसैगरि नगरपालिकाको एकिकृत सेवा प्रवाहको सन्दर्भमा बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले सेवा लिनका लागि नगरपालिका आएका सेवाग्राहिहरुले काममा विभेद र ढिलासुस्ति व्यहोर्नु नपर्ने भन्दै टोकन नम्बरका आधारमा पालैपालो सेवा लिन सक्ने र जनप्रतिनिधि र कर्मचारीले सेवाग्राहिको काम समयमै गर्न सक्ने वातावरण सिर्जना गरिएको बताउनुभयो ।
नगरपालिकाद्धार सञ्चालित एकिकृत सेवाप्रवाहको सन्दर्भमा जानकारी गराउदै प्रमुख प्रशासकिय अधिकृत तिलक विकले हरेक सेवालाई नागरिकमैत्री, जनमुखी बनाउदै कामलाई चुस्तदुरुस्त बनाउनको लागि एकिकृत सेवाप्रवाहको थालनी गरिएको बताउदै नागरिकहरुले यसभन्दा पछिका दिनहरुमा बिना जानकारी दुःख पाउनु नपर्ने र सहजताका साथ सेवा लिन सकिने बताउनुभयो ।
दुल्लु नगरपालिकामा सेवा लिन आएका सेवाग्राहिहरुले विगतको भन्दा फरक शैलिमा सेवा लिन पाउनुका साथै सेवा लिदा सरल सहज भएको भन्दै खुशी व्यक्त गरेका छन । उनिहरुले एकिकृत सेवा प्रवाह सदावहाररुपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिएका छन ।
यसरी फरक पहिचानका साथ दुल्लु नगरपालिकाले गरेको एकिकृत सेवाप्रवाहले जनताका हरेक सेवाहरु चुस्तदुरुस्त प्रभावकारीरुपमा छिटोछरितोरुपमा सम्पन्न गर्नुका साथै उनिहरुले गरेको मुल्यांकनको आधारमा थप परिवर्तन हुनेमा अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।