२०८१ कार्तिक २३ शुक्रबार
२०८१ कार्तिक २३ शुक्रबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र ९, २०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव गोपि प्रसाद जैसी (चौलागाई) एक स्थानियबाट कुटिएका छन । गत भाद्र ५ गते वडा कार्यालयमा जिम्मेवारी वहनकै क्रममा सोहि वडा निवासी वर्ष २३ का हिम्मत शाही ठकुरीले वडा सचिवमाथी अभद्र व्यवहार गर्दै हातपात गरेका छन । जन्मदर्ताको काम लिएर वडामा पुगेका शाहीले आफुले जन्मदर्ता पाउनुपर्ने माग गरेपछि वडा सचिव चौँलागाईले आवश्यक कागजपत्र मिलाएर साथमा अभिभावक सहित आउन भनेपछि बाहिरिएका थिए । त्यसपछि लगतै मदिरा सेवन गरेर पुनः कार्यालय पुगेका निज शाहीले एक्कासी वडा सचिवलाई कुट्न मन भएको र मारिदिने भन्दै हातपात गरेका थिए । त्यहाँ रहेका अन्य स्थानियबासीले उनलाई नियन्त्रणमा लिएका थिए । घटनाको जानकारी पाएलगतै त्यहाँ पुगेको प्रहरीले अभद्र व्यवहार गर्ने शाहीलाई पक्राउगरि जिल्ला प्रहरी कार्यालय दैलेख पुगाएको छ भने यतिबेला कर्मचारीमाथी अनावश्यक दुःख दिने र हातपात गर्ने शाहीलाई उचित कार्वाही गर्नुपर्ने माग चौतर्फि उठिरहेको छ । लामो सयमदेखी उक्त वडाको वडा सचिवको जिम्मेवारीमा रहेका चौँलागाई एक नरम स्वभाव र मिलनसार व्यक्ती हुन । दैलेखको आठबिस नगरपालिका ५ पिपलकोट स्थायी ठेगाना भएका सचिव चौँलागाई सरकारी सेवामा प्रवेस गरे लगतै पहिलो पटक चामुण्डाबिन्द्रासैनी नगरपालिकामा हाजिर भई वडाको जिम्मेवारीमा रहनुभएको थियो ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र ९, २०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका क्षेत्रमा गुरुकुल शिक्षा सञ्चानको लागि चामुण्डाबिन्द्रासैनी श्रंगारिक महाआरति तथा धर्म जागरण महा महोत्सव २०८१” आजबाट सञ्चालन गरिएको छ । यतिबेला हिन्दु धर्मको संरक्षणको अभावमा मानिसहरुमा विचलन आउनुका साथै मानिसहरुलाई कोरा ज्ञान भन्दा सनातन ज्ञानको आवश्यकताको सन्दर्भलाई मध्यनजरगर्दै नगरपालिका क्षेत्रमा गुरुकुल शिक्षाको सञ्चालनको लागि धार्मिक महामोहत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
उक्त चामुण्डाबिन्द्रासैनी श्रंगारिक महाआरति तथा धर्म जागरण महा महोत्सव २०८१”को आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । उक्त चामुण्डाबिन्द्रासैनी श्रंगारिक महाआरति तथा धर्म जागरण महा महोत्सव २०८१” सञ्चालनको अवसरमा वृहत कलसयात्राको सिर्जना समेत गरिएको छ । धार्मिक महामोहत्सवको उद्धघाटन गर्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका का नगरप्रमुख गणेश कुमार शाहीले समाजमा बढदै गइरहेको विकृति र हराउदैँ गएको असल सस्कारको संरक्षण गर्नका लागि चामुण्डाबिन्द्रासैनी श्रंगारिक महाआरति तथा धर्म जागरण महा महोत्सव २०८१” फलदायि हुनेमा आशाबादी रहेको बताउदै सबैले सकारात्मक कुराको मात्र प्रचारप्रसार गर्नुपर्नेमा जोडदिनुभयो ।

आचार्य श्री नरेश नेपाल जि प्रमुख कथा वाचकको रुपमा रहनुभएको उक्त बालेश्वर धार्मिक महामोहत्सव आगामी भाद्र १५ गते सम्म सञ्चालन हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।