कात्तिक १३, २०८१
दिपेन्द्र कार्की बस्ताकोटी
दैलेखको दुल्लु नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । दुल्लु नगरपालिकाको विभिन्न वडाहरुमा रहेको स्थानिय बजारलाई प्राथमिकतामा राखेर बजार अनुगमन गरिएको छ । दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीको संयोजकत्वमा इलाका प्रशासन कार्यालय दुल्लु , इलाका प्रहरी कार्यालय दुल्लुको सहयोगमा नगरपालिकाका कर्मचारीहरु, दुल्लु स्थित उद्योग वाणिज्य संघ , व्यापारी हरु लगाएत सरोकारवालाहरुको सहभागितामा बजार अनुगमन गरिएको छ । बजारमा अखाद्यबस्तुको विक्रिवितरण, म्याद नाघेका खाद्यपदार्थ, नापतौल, अबैध मदिराको विक्रिवितरण लगाएत व्यापार व्यावसाय दर्ता भए नभएको सन्दर्भमा कडाइका साथ अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा बिना इजाजत विक्रि वितरणका लागि राखिएको मदिरा जफत गरिएको छ भने म्याद गुज्रिएका सामाग्रीहरु समेत नियन्त्रणमा लिइएको छ । बरामद गरिएकोल मदिरालाई नगरपालिकामा आई व्यापार दर्ता गराउदैँ प्रमाण पुगाएर आगामी १५ दिन भित्र फिर्ता लिनका लागि व्यापारीहरुलाई भनिएको छ भने अखाद्य र म्याद गुज्रिएका खाद्यबस्तुहरुलाई मुचुल्का बनाउदै सबैको रोहबरमा नष्ट गरिने बताइएको छ । अनुगमन को क्रममा स्थानिय नागरिकहरु र व्यापारीहरुले नियमित अनुगमन गर्नुपर्ने आवाज उठाएका छन भने देखावटीका रुपमा अनुगमन हुनुनहुने माग गरेका छन ।
कात्तिक १६, २०८१
दिपेन्द्र कार्की बस्ताकोटी
दैलेखको दुल्लुमा रहेको दुल्लु साहित्य प्रतिष्ठानले आज ११६औँ लक्ष्मी जयन्तीको अवसरमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ति तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । दुल्लु स्थित विजया साहित्यिक पार्कमा रहको महाकवि देवकोटाको शालिकमा माल्यार्णपण पश्चात इलाइट होटेलको सभाहलमा कार्यक्रम गरिएको थियो । दुल्लु स्थित विभिन्न साहित्यकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा साहित्यकारहरुले आफुले रचना गरेका विभिन्न साहित्यहरु वाचन गरेका छन । कार्यक्रमकका मुख्य अतिथि दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले साहित्य समाजको ऐना भएको भन्दै समाजमा विद्यमान विषयवस्तुलाई जस्ताको तस्तै साहित्यका माध्यमबाच चित्रण गनुपर्ने भन्दै त्यसमा दुल्लुका सन्दर्भमा पनि सकारात्मक कलम चलाउन अनुरोध गर्नुभयो ।
कार्यक्रम दुल्लु साहित्य प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र प्रसाद रिजालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत साहित्कार चन्द्र रावत गुराँसले गर्नुभएको थियो भने सञ्चालन साहित्यकार गुरु प्रसाद उपाध्याय आदित्यले गर्नुभएको थियो ।