२०८२ जेष्ठ ३० शुक्रबार
२०८२ जेष्ठ ३० शुक्रबार

दुल्लु नगरपालिका वडा नं. ४ को सार्वजनिक सुनुवाई सम्पन्न…

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२७ जेठ,२०८२

दैलेखको दुल्लु नगरपालिका वडा नं. ४ ले आज औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । दुल्लु नगरपालिका ४ नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
दुल्लु नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव तेज बहादुर महतले प्रस्तुत गर्नुभएको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा सवालजवाफ समेत गरेका छन । कार्यक्रममा सहभागि सेवाग्राहीहरुले राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष भरम बहादुर भण्डारीले गर्नुभएको थियो ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।