दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२७ जेठ,२०८२

दैलेखको दुल्लु नगरपालिका वडा नं. ६ ले आज औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । दुल्लु नगरपालिका ६ नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
दुल्लु नगरपालिका वडा नं. ६ को वडा कार्यालयमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव यज्ञ खडकाले प्रस्तुत गर्नुभएको थियो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा सवालजवाफ समेत गरेका छन । कार्यक्रममा सहभागि सेवाग्राहीहरुले राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष हस्त बहादुर खड्काले गर्नुभएको थियो ।
