२०८१ मंसिर ६ बिहीबार
२०८१ मंसिर ६ बिहीबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
कात्तिक ३०, २०८१
नेपाल तरुण दल दैलेख शाखा अध्यक्षमा मिलन बिश्वकर्मालाई मनोनीत गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्गले बुधबार एक पत्र द्वारा दैलेखको महाबु गाउँपालिका–६ टाकुरी निवासी बिश्वकर्मालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख गर्नुभएको छ ।
पत्रकारिता, साँगतिक, साहित्य सिर्जनामा दखल राख्नुभएका बिश्वकर्मा युवा पङ्तिमा लोकप्रिय हुनुहुन्छ । तीन वर्ष अघि निर्वाचित जिल्ला अध्यक्ष लालबहादुर चन्द नौमूले गाउँपालिका–६ का वडाध्यक्ष निर्वाचित भएपछि रिक्त रहेको नेपाल तरुण दलको जिल्ला अधयक्षमा बिश्वकर्मालाई जिम्मेवारी दिइएको हो । जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि विश्वकर्माले समग्र तरुण दलमा आवद्ध युवाहरुको चाहना , पार्टीको निर्देशन बमोजिम आफु कटिवद्ध रहेको बताउनुभयो ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
कात्तिक ३०, २०८१
आगामी मंसिर १६ गते हुने उपनिर्वाचन अन्तरगत महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लू नगरपालिका–१३ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यतिबेला देशका विभिन्न ४४ रिक्त पदहरुका लागि स्थानिय तहको उपनिर्वाचन हुन गईरहेको छ । जस अन्तरगत दैलेखमा महाबु गाँउपालिकामा अध्यक्ष तथा दुल्लु नगरपालिका १३ मा वडाध्यक्ष पदको उपनिर्वाचन हुन गइरहेको छ ।
महाबुमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे र दुल्लू नगरपालिका–१३ का निर्वाचन अधिकृत दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्दबहादुर मल्लले औपचारिक कार्यक्रम गरी कार्यालय स्थापना भएको जानकारीसंगै निर्वाचन कार्यक्रमहरु प्रकाशित गर्नुभएको छ ।

उपनिर्वाचनको कार्यलाई स्वच्छ, मर्यादित र शान्त बनाउन निर्वाचन आचार सहिंताको पालना, राजनीतिक दल र उम्मेदवारले गर्ने चुनावी प्रचारका कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने, शान्ति–सुरक्षा सवाल बारे सबै क्षेत्रको सहयोग बारे प्रकाश पार्नुभएको थियो ।
निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानमा कार्यालय स्थापना गर्ने, मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने, ३ गते उम्मेदवार विरुद्ध दावी बिरोध, ४ गते दावी विरोधको जाँचबुच गरी निर्णय दिने, ५ गते उम्मेदवारी फिर्ता लिन पाउने र ५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह दिने निर्वाचन कार्यतालि रहेको छ ।

आयोगले देशभर उपचिर्वाचन हुने ४४ पदका लागि मंसिर १३ गते राति १२ बजेपछि चुनावी प्रचार गर्न नपाइने मौन समय सुरु हुने जनाएको छ । मंसिर १६ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइने जनाइएको छ । निर्वाचन आयोगले निर्वाचन हुने स्थानमै निर्वाचन अधिकृतको कार्यालय रहने जनाएको छ ।

उपनिर्वाचन सुव्यवस्थित बनाउन राजनीतिक दल, सरोकारवाला पक्ष र समुदायसंग छलफल गर्नुसंगै मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे र दुल्लू नगरपालिका–१३ का निर्वाचन अधिकृत दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्दबहादुर मल्लको टोलीले मतदान स्थलको अवस्था बारे निरीक्षण गरेको छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर १, २०८१

दैलेखका भैरवी गाउँपालिका ७ भाँटीचौरमा रहेको श्री उज्यालो साना किसान सहकारी संस्थाको १२औँ साधारणसभा सम्पन्न भएको छ । २०६९ मा स्थापना भएको उक्त सहकारीले यतिबेला भैरवी क्षेत्रका करिब १३०० जना किसानहरुलाई समाहित गर्दै कृषिक्षेत्रमा उल्लेख्य उपलव्धि गर्दै आइरहेको छ ।
उज्यालो साना किसान सहकारी संस्थाको उक्त साधारणसभाको अवसरमा सहकारीको वार्षिक प्रतिवेदनसँगै ऋण प्रतिवेदन, लेखा प्रतिवेदन, आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको छ ।
सहकारीको १२औँ साधारणसभा उद्धघाटन कार्यक्रमको अवसरमा बोल्दै भैरवी गाउँपालिका अध्यक्ष रिता कुमारी शाहीले समग्र मानिस जातिको बाँच्ने आधार भनेकै कृषि भएको भन्दै गाउँपालिकाले पशु र कृषिका क्षेत्रमा कार्यविधि निर्माण गर्दै अनुदानका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उद्ध्घाटन कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजले विश्वका धेरै देशहरु कृषि क्षेत्रबाट अगाडी बढेको सन्दर्भमा नेपाल र नेपालीको समग्र विकासको आधार पनि कृषि नै भएकोमा जोड दिनुभयो ।

उज्यालो साना किसान सहकारी संस्थाको १२औँ साधारण सभाको अवसरमा संस्थाले भैरवी विउ वैंक समेत स्थापना गरेको छ । जिल्ला कृषि विकास कार्यालय दैलेख र हातेमालो सामुदायिक संस्था नारायण नगरपालिका दैलेखको सहयोगमा स्थापना गरिएको विउ बैँकले किसानहरुका लागि बिउ उपलव्ध गराउनुका साथै रैथाने बालिहरुलाई उत्पादनको क्षेत्रमा सहयोग पुगाउने उद्धेश्य लिइएको छ । उक्त बिउ वैंकको भैरवी गाउँपालिका अध्यक्ष रिता कुमारी शाहीले उद्ध्घाटन गर्नुभएको छ । स्थापना गरेको भैरबी सामुदायिक बीऊ बैंकले १७ किसिमका अन्नबाली र तरकारीका बीऊ उत्पादन, खरिद तथा बिक्री गर्ने गरी सुरु भएको सहकारीका उपाध्यक्ष रामकृष्ण कठायतले जानकारी दिनुभयो ।…….

दिपेन्द्र कार्की बस्ताकोटी
मंसिर १,२०८१
दैलेखको भैरवी गाउँपालिका ७ नम्बर भाँटीचौरमा रहेको उज्यालो साना किसान कृषि सहकारी संस्था लिमिटेडले भैरबी सामुदायिक बीऊ बैंक स्थापना गरेको छ । भैरबी गाउँपालिका–७ भाटिचौर बजारमा रहेको सहकारीको कार्यालमा आज एक औपचारिक कार्यक्रममा भैरबी गाउँपालिकाका अध्यक्ष रीताकुमार शाहीले उक्त बीऊ बैंकको उद्घाटन गर्नुभयो । उद्धघाटन कार्यक्रमको अवसरमा बोल्दै भैरवी गाउँपालिका अध्यक्ष रिता कुमारी शाहीले विउँबैकको स्थापनासँगै भैरवी गाउँपालिकाले तय गरेको किसान लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उक्त बीऊ बैंक उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजले पैँसाको बैकमा पैँसा पाइए जस्तै बिउको बैँक भनेको पनि किसानहरुका लागि हरेक खेति प्रणालीका लागि बिउ पाइने स्थान भएको बुझ्नुपर्ने भन्दै जिल्ला कृषि कार्यालय दैलेखले बिउ बैँकका लागि भरपुर सहयोग गर्ने र किसानहरुले खेति गर्न उत्साहित हुनुपर्नेमा जोडदिनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।