२०८१ माघ १२ शनिबार
२०८१ माघ १२ शनिबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
६ मंसिर २०८१

आगामी मंसिर १६ गतेका दिन हुने स्थानिय तहको निर्वाचन अन्तरगत दैलेखको दुल्लु नगरपालिका वडा नं.१३ को उपनिर्वाचन अन्तरगत नेकपा माओवादी केन्द्रका उम्मेदवार ढकेन्द्र बहादुर शाहीले यस पटकको निर्वाचन आफ्नो पक्षमा भएको दावि गर्नुभएको छ । भुगोल अन्लाइनसँगको कुराकानीमा उहाँले विगत पञ्चायत देखि आफु निरन्तर जनताको साथमा रहेर शुखदुःख र समस्यासँग जुधेर काम गर्दै आएको सन्दर्भ उठान गर्दै विगतका जनप्रतिनिधिहरुबाट जनताले धोका पाएको महशुस गर्दै आफुलाई मतदान गर्नेमा ढुक्क भएको बताउनुभयो । कुराकानीको क्रममा उम्मेदवार ढकेन्द्र बहादुर शाहीले वडाबासीका तमाम समस्यासँग आफु परिचित भएको भन्दै आफुलाई २ वर्षको जनप्रतिनिधिको रुपमा वडाबासीले पाउँदा निस्वार्थ भावले काम गर्ने प्रतिवद्धता समेत गर्नुभयो ।

पुरा कुराकानीको भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस.. https://youtu.be/JLWXUxv7Mg4

दिपेन्द्र कार्की बस्ताकोटी
६ मंसिर २०८१

दैलेखको दुल्लु नगरपालिका १३ मालिकामा धारिलो हतियार प्रहार गरि एक व्यक्तीको हत्या गरिएको छ । मंसिर ५ गते बुधबार साँझ करिब ७ बजेको समयमा सोहि ठाँउ निवासी वर्ष ४३ का भुवनसिंह विकले ५६ वर्षका कर्ण बहादुर कामीको गर्धनमा धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन । घटना लगतै इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख प्रहरी निरिक्षक निरञ्जन घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलिले घटना घटाई फरार अभियुक्तलाई तत्काल नियन्त्रण लिएको छ । यतिबेला उक्त घटनाका सम्बन्धमा दोषिलाई हिरासतमा राखि आवश्यक कार्वाहीको प्रक्रिया अगाडी बढाइएको छ भने मृतकको लास लाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल पुगाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।