२०८१ मंसिर १२ बुधबार
२०८१ मंसिर १२ बुधबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१० मंसिर २०८१
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ७ को कार्यालयमा विगत २ दिन यता ताला लगाइएको छ । आइतबार वडाध्यक्ष इन्द्र प्रसाद चौँलागाईले सामाजिक सञ्जाल मार्फत वडा कार्यालयमा ताला लगाइएको र कुनै काम परे नगरपालिका जानु भन्दै ताला लगाउनुभएको हो । विगत २ महिना यता चामुण्डाबिन्द्रासैनी नगरपालिकाको १, ६ र ७ नम्बर वडा कार्यालयमा सचिव विहिन हुँदा पञ्जीकरणका कामहरु ठप्प छन । नगर कार्यपालिकादवारा गत असोज ३ गते नगरपालिकामा कार्यरत ७१ जना करार कर्मचारी हटाएसँगै ति कार्यालयहरुमा कर्मचारीहरुको अभाव भएको हो । वडा कार्यालयसँगै वडाका स्वास्थ्य संस्थाहरुमा समेत कर्मचारीहरु नहुँदा स्वास्थ्य सेवा समेत प्रभावित बन्न पुगिरहेका छन ।
तर……………..
वडा कार्यालयमा कर्मचारी नभएपछि ताला लगाइएको भएपनि वडाध्यक्ष चौँलागाई भने कार्यालय बाहिर भुईमा बसेर आफुले गर्नसक्ने सामान्य सिफारिस लगाएत जनताका कामहरु भने गरिरहनुभएको छ । स्थानिय नागरिकसँग कुराकानी गर्दै हाँस्दै हातैले लेखेर भएपनि उहाँले जनताका सामान्य कामहरु भने गर्दै आउनुभएको छ । कार्यालयको कुर्चिमा बसेर रातो कलम चलाउने वडा अध्यक्ष यसरी भुँईमा बसेर काम गर्नुलाई स्थानियबासीहरुले अचम्म र अनौठो मात्र होइन खुशी समेत व्यक्त गरेका छन । वडाध्यक्ष चौलागाईले भुगोल अन्लाईनसँगको कुराकानीमा भन्नुभयो “जनताको काम गर्नकै लागि २–२ पटक वडाध्यक्ष भइयो तर यस पटकका जस्तो अन्याय र अत्याचार कहिल्यै भएन, वडामा कर्मचारी छैनन् खोलेर पनि के अर्थ बरु यसरी घाममै बसेर भएपनि आफुले सकेको काम गर्छू , यति मात्र होइन म हरेक जनताको घर दैलोमा नै गएर पनि आफ्नो अधिकारले दिएको सेवा प्रदान गर्नेमा तत्पर छुु ।”
यसरी वडाध्यक्ष चौलागाई मात्र होइन वडा नं. १ र ६ का वडाध्यक्षहरु पनि काम विहिन बन्न पुगेका छन । उनिहरुले पनि १–२ दिनमा समस्याको समाधान नभए आफुहरुले पनि ताला लगाउनुको विकल्प नभएको बताएका छन । बाँकी भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस…… https://www.youtube.com/watch?v=lUm3fUIy4Tc

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।