दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१४ मंसिर २०८१
दैलेखको दुल्लु अस्पतालमा आजबाट ५ दिने हाडजोर्नि सम्बन्धि निःशुल्क अप्रेसन शिविर सञ्चालन भएको छ । सामाजिक विकास मन्त्रालय सुर्खेतको सहजिकरणमा सोलुखम्बु पोलिटेक्निकल एकेडेमी काठमाण्डौको प्राविधिक सहयोगमा दुल्लु अस्पताल र दुल्लु नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमा हाडजोर्नि भाँचिएको अप्रेसन लगाएत रड राख्ने झिक्ने लगाएत सुविधाहरु रहेका छन । आजबाट सञ्चालन गरिएको उक्त शिविरको अवसरमा दुल्लु क्षेत्र लगाएत छिमेकी पालिका र जिल्ला भित्रका विभिन्न पालिकाका हाडजोर्निका विरामीहरुले सेवा लिएका छन ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१४ मंसिर २०८१
दैलेखको दुल्लु नगरपालिका वडा नंं १ मा रहेको श्री श्रजना कृषि वहुउद्धेस्यि संस्थाको १५औँ वार्षिक साधारण सभा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । दुल्लु नगरपालिकाको कृषि पकेट क्षेत्रका रुपमा रहेको नाउलेकटुवाल क्षेत्रमा विगत १५ वर्ष अघि स्थापना भएको उक्त संस्थामा यतिबेला करिब ८५ जना सेयर सदस्यहरु रहेका छन । सहकारीले यतिबेला सहकारी सदस्यहरुमा कृषि , पशुपालन लगाएत विविध क्षेत्रमा आयआर्जनका कामहरु गर्दै जिविकोपार्जन र उत्पादनमा जोड्दै आएको छ ।
सहकारीको १५औँ साधारण सभामा सहकारीको वार्षिक गतिविधि सहितको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको छ भने उक्त प्रतिवेदन माथि बन्द शत्र मार्फत वृहत छलफल समेत गरिएको छ ।
सहकारीको साधारण सभाको अवसरमा बोल्दै दुल्लु नगरपालिका सहकारी शाखा प्रमुख रत्न बहादुर खड्काले सहकारी मार्फत लिएको ऋण सहि सदुपयोग हुनुपर्नेमा जोड दिदैँ सेयर सदस्यहरुले इमान्दारिताका साथ कर्तव्य पालना गर्नु आजको आवश्कयता रहेको बताउनुभयो ।
सहकारीले बन्द शत्र मार्फत विधान संशोधन लगाएत कार्यक्षेत्र विस्तारकोल रणनिति अघि सारेको छ । उक्त कार्यक्रम सहकारीका सचिव हिरासिंह खड्काले सञ्चालन गर्नुका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।