२०८१ मंसिर २० बिहीबार
२०८१ मंसिर २० बिहीबार

दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१७ मंसिर २०८१
हिजो मंसिर १६ मा सञ्चालित स्थानिय तहको उपनिर्वाचनबाट दैलेखको दुल्लु नगरपालिका वडाद नं. १३ मा नवनिर्वाचित वडाध्यक्ष लाल बहादुर शाहीले आज एक औपचारिक कार्यक्रमका बिच सफत ग्रहण गरेका छन । दुल्लु नगरपालिका वडा नं. १३ को वडाध्यक्षको रुपमा नेकपा एमालेबाट निर्वाचित शाहीलाई दुल्लु नगरपालिकाको शभाहलमा दुल्लु नगरपालिका नगरप्रमुख भरत प्रसाद रिजालले सफत ग्रहण गराउनुभएको हो । सफत ग्रहण कार्यक्रमको अवसरमा बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले यतिबेलासम्म नगरसरकार अपुरो भएको भन्दै समग्र दुल्लु १३ को विकास निर्माण लगाएत जनसरोकारका क्षेत्रमा आगामी दिनहरुमा नवनिर्वाचित वडाध्यक्षल शाहीले सकारात्मक र महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गर्दै सहमति र सहकार्यमा आफु सदैव तयार रहेको बताउनुभयो
कार्यक्रममा नगरउपप्रमुख बिना कार्कीले नवनिर्वाति वडाध्यक्ष शाहीलाई वधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो भने नगरपालिकाका कर्मचारीहरुले अविर र माला खादा लगाएर नवनिर्वाचित वडाध्यक्ष शाहीलाई वधाई ज्ञापन गरेका छन ।
सफत ग्रहण संगै वडाध्यक्ष शाही आजदेखि विधिवत रुपमा वडाध्यक्षको भुमिकामा रहनुभएको छ । उहाँले भोलिमात्र वडाको जिम्मेवारी वहन गर्ने बताउनुभएको छ ।

्दिपेन्द्र कार्की बस्ताकोटी दैलेख

हिजो मंसिर १६ गते भएको स्थानिय तहको उपनिर्वाचन अन्तरगत दैलेखको दुबै स्थानमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन । जस अन्तरगत दुल्लु नगरपालिका वडा नं. १३ को वडाध्यक्ष पदमा नेकपा एमालेका लाल बहादुर शाही विजयी हुनुभएको छ । उहाँले ५७४ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका रेशम बहादुर शाहीले ५७१ मत प्राप्त गर्नुभएको छ । ३ मतको अन्तरले नेकपा एमालेका लाल बहादुर शाही विजयी हुनुभएको छ । यस अघि २०७९ को स्थानिय तहको निर्वाचनमा दुल्लु ७ र ८ मा समेत ३—३ मतको अन्तरले वडाध्यक्ष पदका उम्मेदवारहरु विजयी भएका थिए ।
त्यसै गरि दैलेखको महाबु गाँउपालिकाको मतगणता पनि विहान सकिएको छ । जसमा नेकपा एमालेका जंग बहादुर शाही नेपाली काँग्रेसका उम्मेदवार झलक कुमार भण्डारीलाई पछाडी पार्दै विजयी हुनुएको छ । जस अन्तरगत विजयी शाहीले ३१२७ मत ल्याउदा नेपाली काँग्रेसका भण्डारीले २६७५ मत प्राप्त गर्नुभएको छ । विजयी शाही र भण्डारीको मतान्तर भने ४५२ रहेको छ । विजयी जंग बहादुर शाही २०७४ को स्थानिय तहको निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्ष समेत बनिसक्नुभएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।