दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर २७, २०८१
सेवक नेपाल दैलेखले आफ्नो स्थापना दिवसको अवसरमा न्यानो कपडा तथा स्टेसनरी प्रदान गरेको छ । सेवक दैलेखले एक औपचारिक कार्यक्रमका बिच दैलेखको एकमात्र दृष्ट्रिविहिन वालवालिका अध्ययन गर्ने विद्यालय श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय दुल्लु नगरपालिका ७ किर्तिखम्बका दृष्ट्रिविहिन वालवालिकाहरुलाई चिसो समयमा न्यानो कपडा र स्टेसनरी सामाग्री वितरण गरिएको छ ।
२०६३ मंसिर २७ मा स्थापना भएको सेवक नेपालले विभिन्न जिल्लाहरुमा विभिन्न समाजसेवाका कामहरु देखि समाज रुपान्तणका विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ । संस्था स्थापनाको अवसरमा सहाराविहिन र दृष्ट्रिविहिन वालवालिकाहरुको दयनिय अवस्थालाई मध्यनजर गर्दै समाजसेवाको भावनालाई विकास गर्नका लागि यतिबेलाको चिसो समयमा वालवालिकाहरुलाई न्यानो कपडा र स्टेसनरी सामाग्री वितरण गरिएको सेवक दैलेखका प्रमुख महारुप खत्रीको भनाई रहेको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर २७, २०८१
नेपाल कृषि प्रधान मुलुक हो तर तर यतिबेला यो नारा सार्थक विहिन अवस्थामा छ । कृषि क्षेत्रमा एकातिर लगानी न्युन छ भने गरिएको लगानीले समेत प्रतिफल दिन सकिरहेको छैन । जसका कारण खाद्यान्न लगाएत विभिन्न कृषि उपजहरु छिमेकी मुलुकबाट आयात गर्नुपर्ने वाद्यता छ । युवाहरु दिनप्रतिदिन विदेस पलायन भइरहेका छन भने जमिन बाँझो छोड्ने क्रम समेत बढिरहेको छ ।
तर यतिबेला दैलेखको दुल्लु नगरपालिकामा सोसेक नेपालको ग्रिन कर्णाली परियोजनाले गाउँ सँगै किसानहरुमा ल्याएको परिवर्तन भने आशा लाग्दो छ । डि सि ए को आर्थिक सहयोगमा सोसेक नेपालले दुल्लु नगरपालिकाको वडा नं. १,२,३,४ र ९ मा ग्रिन कर्णाली परियोजना मार्फत पर्यावरणिय कृषि नमुना गाउँ अभियान सार्थक बनेको छ ।
महिला र युवा लक्षित उक्त कार्यक्रमबाट विगतका दिनहरुमा उजाड लाग्दो बस्तिहरुमा यतिबेला हराबरा तरकारी खेति, फलफुल खेति लगाएत किसानहरुको मेहनेत र प्रतिफलले गाउँ सिँगारिएको छ । रैथानेबाली खेति, बिउ बैँक स्थापना,कृषक पाठशाला ,गडयौला मल लगाएत कार्यक्रमले प्रभावकारी उपलव्धि हाँसिल गरेको छ ।
नगरपालिकाको वडा नं. २ को तरिँया क्षेत्र एक नमुना तरकारी पकेट क्षेत्रका रुपमा स्थापित भएको छ । कर्णाली राजमार्गसँगै रहेको उक्त गाँउमा किसानहरुले आपशि रुपमा मिलेर तरकारी खेति गरेका छन । जहाँको तरकारीले सुर्खेत देखि जुम्ला सम्म बजार पाउने गरेको छ । विगतका दिनहरुमा परम्परागत खेति प्रणालीमा सामान्य गुजारा गर्दै आएका त्यहाँक किसानहरु यतिबेला सोसेक नेपालको ग्रिन कणाली कार्यक्रम सञ्चालनमा आएसँगै हातमा काम र गोजीमा दाम भएको भन्दै खुशी व्यक्त गर्दछन ।
सोसेक नेपालको ग्रिन कर्णाली कार्यक्रमबाट बदलिएका दुल्लु नगरपालिका २ तरिँयाका किसान धना थापा भन्नुहुन्छ “मैले अहिले ८ रोपनीमा तरकारी खेती गरेकी छु, पहिला त सामान्य गहुँ, मकै मात्र लगाउने हो, वर्षभरी खानै पुग्दैन थियो, अहिले त रात दिन यहि बारी मै हुन्छु, खान लाउन देखी बालबच्चा पढाउन र बचत सम्म गरेकी छु , खुशी लाग्छ ।”
तरिँया क्षेत्र मात्र होइन नगरपालिकाको सिँयाला क्षेत्र, बडपोखरा क्षेत्रा, बोड क्षेत्र लगाएत अन्य गाउँहरु पनि नमुना कृषि पर्यावरणिय गाउँको रुपमा विकास भइरेका छन । किसानहरु तरकारि खेति देखि सुन्तला खेति र माहुरी पालनमा समेत रमाइरहेका छन । रासायनिक मलको ठाँउमा गड्यौला मल र जैविक विषादीको प्रयोगबाट ताजा र अर्गानिक तरकारी उत्पादन भएपछि तरकारीको माग समेत बढेको साथै बाहिरबाट समेत तरकारी बाली अवलोकनका लागि मानिसहरु पुग्ने गरेको किसानहरु बताउँछन ।
यता सोसेक नेपालले पनि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको र गरिएको उपलव्धि प्रति खुशी व्यक्त गरेको छ । पर्यावरणिय सन्तुलन कायम गर्दै ग्रामिण क्षेत्रका किसानहरुको जीवनस्तर माथी उठाउनका लागि कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको प्रति सोसेक नेपालको उच्च प्राथमिकता रहेको छ । ग्रिन कर्णाली कार्यक्रमले दुल्लु नगरपालिकाका किसानहरुको लगानी मेहनेत र परिश्रमले सार्थकता प्राप्त गर्नुका साथै गाउँ नै कृषि पर्यावरणिय नुमना गाउँको रुपमा विकसित भएको भन्दै सोसेक नेपालका कृषि प्राविधिक हिक्मेन्द्र माझीले खुशी व्यक्त गर्नुभयो ।
यसरी कृषि क्षेत्रमा गरिएको लगानीले प्रतिफल नदिएर युवाहरु विदेश पलायन हुदैँ गाउँबस्तिका बारीहरु बाँझो भइरहको समयमा एउटा संस्थाले गरेको लगानीले सार्थकता प्राप्त गर्नु सफलताको विषय हो भने अर्को तर्फ हजारौँ संघ संस्थाहरुले कागजी पानामा गरेको उपलव्धीलाई समेत चुनौति समेत हो ।
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन मनोरञ्जनपूर्ण रहनेछ। तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने देखिन्छ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनको साथले केही समस्या सुल्झनेछन्। उधाराेमा व्यापार गर्नुपर्ने हुन सक्छ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ। निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अधिक खर्च गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतका साथसाथै गोपनीयतामा पनि ध्यान पुर्याउनुहोला।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
निर्णय लिएर पनि शंका गर्ने बानीले दुविधा उत्पन्न हुनेछ। घर–सल्लाह गरी बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। नियमित काम सम्पादन हुनेछ। नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार्ने माैका छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ। मनग्य धनलाभ हुनेछ।