दिपेन्द्र कार्की बस्ताकोटी १९ पौष २०८१
दैलेखको दुल्लु अस्पतालद्धारा आजबाट दन्तसेवा सञ्चालन गरिएको छ । अस्पतालको विविध सेवा विकाससँगै केहि अप्रेसन सेवा समेत सञ्चालन गर्दै अत्याधुनिक सेवा प्रवाह गरिरहेको दुल्लु अस्पतालमा आजबाट दन्तसेवा सञ्चालन गरिएको हो । दाँतका बिरामीहरुको बढ्दो क्रमसँगै सेवा लिनका लागि दैलेख लगाएत सुर्खेतमा दन्तसेवा लिन जाने बिरामीहरुको पिँडालाई महशुस गर्दै केहि दिन अघि मात्र दन्त चिकित्सको आगमन पश्चात आज विधिवत रुपमा दन्त सेवा सञ्चालन गरिएको दुल्लु अस्पतालले जनाएको छ । दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजाल सहित जनप्रतिनिधिहरु र दुल्लु अस्पतालका डाक्टरहरुको सहभागितामा आज नगरप्रमुख रिजालले उक्त सेवाको उद्धघाटन गर्नुभएको हो ।
दिपेन्द्र कार्की बस्ताकोटी १९ पौष २०८१
दैलेखको दुल्लु अस्पतालद्धारा सञ्चालित एम्बुलेन्सको भाडादर मिलान गरिएको छ । दुल्लु नगरपालिका द्धारा सञ्चालित दुल्लु अस्पतालद्धारा सञ्चालित एम्बुलेन्सबाट दुल्लु बाट जिल्ला अस्पताल लगाएत सुर्खेत र नेपालगञ्ज बिरामी लैजानका लागि विगतमा तोकिएको भाडादरबाट मिलान गर्दै नयाँ भाडादर तोकिएको छ । दुल्लु अस्पताल व्यवस्थापन समितिको आज बसेको वैठकले उक्त भाडादर मिलान गरेकोे दुल्लु नगरपालिका कार्यपालिका प्रवक्ता एवं दुल्लु नगरपालिका वडा नं. १० का वडाध्यक्ष दिपेन्द्र कुमार पुरीले जानकारी दिनुभयो । जस अनुसार दुल्लुबाट क्रमस दैलेख अस्पतालको लागि विगतमा ६००० बाट नयाँ भाडा ३५००।, दुल्लुबाट सुर्खेतका लागि विगतमा १०००० बाट नयाँ भाडादर ७५००। र नेपालगञ्जका लागि विगतमा १५०००। बाट नयाँ भाडादर १०५००। कायम गरिएको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष १९,२०८१
नेपाल चार वर्ण छत्तिस जातको साझा फुलबारी हो । जुन वाक्य यथार्तपरक अनि राष्ट्रियताको सवालमा साझा बोलिको विषय समेत हो । यहाँका हरेक जातिहरुका मौलिक परम्परा, सँस्कृति र पहिचानका विषयवस्तुहरु छन भने चाडपर्वहरु पनि आ—आफ्नै रहेका छन ।
पुष १५ गुरुंग समुदायको ठुलो पर्व तमु ल्योसारका रुपमा परम्परागत रुपमा स्थापित छ । गुरुंग समुदायले मनाउने तमु ल्योसार को अर्थ तमु भनेको गुरुंग—ल्यो भनेको नयाँ र सार भनेको वर्ष भन्ने बुझिन्छ । बौद्धधर्मसँग जोडिएको अंग्रेजी नयाँवर्षसँगै गुरुंग समुदायको तमु ल्योसारलाई सत्रुवर्गको विदाई र मित्रवर्गको स्वागत अझ भन्नुपर्दा चिलवर्गको विदाई र सर्पवर्गको स्वागत गर्ने पर्वको रुपमा समेत लिने गरिन्छ ।
घरघरमा बौद्ध तान्त्रिक झण्डा राख्दै गुरुंग समुदायको बसोबास रहेको विभिन्न क्षेत्रहरुमा परम्परागत आफ्नो भेषभुषामा सजिएर रमाईलो गर्दै विभिन्न परिकारहरु समेत खाएर आपसमा रमाईलो गर्ने र आफ्नो मौलिक कला सँस्कृतिहरुमा नाचगान गर्दै रमाईलो गर्ने तमु ल्योसार यतिबेला आधुनिक शैलितिर मोडिएको छ । गुरुंग राष्ट्रिय परिषदको निर्देशनमा गुरुंग समुदायको बाहूल्यता रहेको दांग प्युठान लगाएत विभिन्न क्षेत्रमा तमु ल्योसार मनाइए पनि यतिबेला परम्परागत चालचलन र रितिरिवाज भनेभ झल्किन सकेन ।
यतिबेलाका नयाँ पिँढिहरुले गुरुंग समुदायको घाटु नाँच देखि अन्य सँस्कृतिहरुमा रम्नुको साटोमा डिजे बजाउँदै डिस्को लगाएत विभिन्न समाजमा अपाच्य गितहरुमा ल्योसारलाई परिमार्जित गरेकोमा परम्परागत ल्योसार मनाउदै आएका गुरुंग समुदायका पुरानो पिँढिलाई मन परेको छैन भने ल्योसारमा समाहित जनप्रतिनिधिहरुले समेत खल्लो महशुस गरेका छन ।
प्युठान मात्र होइन दांगमा पनि परम्परागतरुपमा मनाउदै आएको तमु ल्योसार यतिबेला आधुनिकता तर्फ मोडिएको छ । देउखुरीको विभिन्न स्थानहरुमा मनाइएको तमु ल्योसारमा समेत डेग बजाउदै आधुनिक गितमा सामान्य नाचगान बाहेक गुरुंग समुदायको मौलिकता झल्किने दृष्य भने हेर्न पाइएन । सामान्य आधुनिक खानपिन सहित केहि चेलिबेटीहरुले गित बजाउँदै नाचगान गरेर तमु ल्योसार सकिएको छ । तमु ल्योसार लाई शुभकामना आदान प्रदान कार्यक्रमका रुपमा गुरुंग समुदायको पहिचानको एक विशेष पर्व भएको र विगत देखि मनाउदै आएको गुरुंग राष्ट्रिय परिषद लुम्बिनि प्रदेश अध्यक्ष खुम गुरुंगको भनाई रहेको छ भने जनप्रतिनिधिहरु समेत बदलिदो पहिचान प्रति दुःख व्यक्त गरेका छन ।
यसरी जनजातिहरुको एक विशेष जातिको रुपमा रहेको गुरुंग समुदायको मौलिक चाडको रुपमा रहेको तमु ल्योसार आधुनिकतामा बदलिएको मात्र छैन भोलिका दिनहरुमा मौलिक परम्परा चालचलन,रितिरिवाजको समेत विलय हुने तर्फ सजक हुन जरुरी छ ।
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१९ पौष २०८१
वालविवाह विरुद्ध साझा अभियान दैलेखले दैलेखमा कार्यक्रमबारे जानकारी गराउनका लागि पत्रकार भेटघाट कार्यक्रम र अन्तरक्रिया गरेको छ । समाजका हरेक क्रियाकलापका सन्दर्भमा पत्रकारहरुले कलम चलाउने भएकोले वालविवाह न्युनिकरणका लागि समाजमा विद्यमान कुरिति र कुसँस्कारका रुपमा रहेको वालविवाह विरुद्धमा समेत सत्यतथ्य बाहिर ल्याउदै सकारात्मक सन्देस प्रवाहका लागि पत्रकार भेटघाट कार्यक्रम गरिएको अभियानले जनाएको छ ।
जिल्ला समन्वय समिति दैलेखको सानो सभाहलमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा दैलेखका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । सो अवसरमा पत्रकारहरुले वर्तमान समयमा वालविवाहको अवस्था र त्यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने सन्दर्भमा खुल्ला वहस समेत गरेका थिए । कर्णाली प्रदेशका १०) वटा जिल्ला २३ वटा संघसंस्थाहरुको अगुवाईमा उक्त साझा अभियान सञ्चालन गरिएको छ ।
उक्त पत्रकार भेटघाट कार्यक्रममाभियानको उद्धेश्यमाथी सोसेक नेपालका रमा श्रेष्ठले प्रकास पार्नुभएको थियो भने कार्यक्रम नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारको अध्यक्षतामा भएको थियो ।