दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
२ माघ २०८१
दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ ले एक सर्वपक्षिय भेलाको आयोजना गरेको छ । वडा भित्रका महत्वपुर्ण योजनाहरु संकलनका लागि वडाभित्रका जनप्रतिनिधिहरु, व्यापारी , वुद्धिजिवी, राजनैतिक दल, शिक्षक, कर्मचारी ,लगाएत सरोकारवालाहरु सहितको वृहत भेलाको आयोजना गरेको छ । उक्त भेलाबाट हरेक टोलका अति आवश्यक र महत्वपुर्ण योजनाहरु छनौट गर्दै त्यसलाई योजना बैंकका रुपमा राख्दै आगामी दिनहरुमा तिनै योजनाहरुलाई आवश्यकताका आधारमा अगाडी बढाइने वडा कार्यालयले जनाएको छ ।
उक्त भेलाको अवसरमा बोल्दै दुल्लु नगरपालिका वडा नं. १२ का वडाध्यक्ष लिलाराम लम्सालले नेपाल सरकारको नियम अनुसार वडा क्षेत्रका विविध समस्याहरु योजनाहरु छनौट गर्दै योजना बैँक निर्माण गर्ने लक्ष्य अनुसार वडाभित्रका सरोकारवालाहरुको उपस्थितिमा वडाभित्रका सबै योजनाको तथ्यांक संकलन गर्दै अगाडी बढ्ने लक्ष्य रहेको बताउनुभयो ।
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
२ माघ २०८१
दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ निवासी कानुन अध्ययन समाज नेपालका सदस्य अधिवक्ता श्री खगेन्द्र दाहालकी श्रीमती स्वर्गिय मधुविना गौतम दाहालको सम्झनामा आज एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । दाहाल पत्नी मधुविनाको क्यान्सरका कारण गत २४ गते भक्तपुर स्थित क्यान्सर अस्पतालमा ३५ वर्षको अल्पआयुमै निधन भएको थियो । कानुनमा स्नात्तकोत्तर अध्ययन गर्दै शिक्षण पेसामा संलग्न मधुविनाको करिब ६ वर्ष अघि अधिवक्ता दाहालसँग सामाजिक परम्परा अनुसार प्रेम विवाह भएको थियो ।
दुल्लु नगरपालिका १२ गौरी दह स्थित उहाँको निवासमा नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समिति लगाएत दुुल्लु नगर समितिले संयुक्तरुपमा शोक कार्यक्रम र श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै मृतक मधुविना गौतम दाहालको तस्बिरमा माल्र्यापण समेत गरिएको छ । शोक कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टी दैलेखका अध्यक्ष जगत वलीले यतिबेलाको पुजिवादी राज्य व्यवस्थामा जनताको स्वास्थ्य प्रति ख्याल नगरिदा मधुविना जस्ता हजारौँ नागरिकले अकालमा मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले विकसित कम्युनिष्ट मुलुकहरुमा जनताको स्वास्थ्य प्रति सरकार जिम्मेवार हुनेगरेको भन्दै नेपालमा नामको कम्युनिष्ट सरकार भएपनि कहिल्यै जनताको नैसर्गिक अधिकार प्रति जिम्मेवार हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका जिल्ला स्थित विभिन्न संगठनका नेता कार्यकर्ताहरुको उपस्थितिरहेको थियो ।