२०८२ जेष्ठ २४ शनिबार
२०८२ जेष्ठ २४ शनिबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
८ माघ,२०८१

गत २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पले ठुलो धनजनको क्षति हुन पुग्यो । जाजरकोट लगाएत रुकुपश्चिममा धेरैले ज्यान समेत गुमाउनु पर्यो ।
जस मध्ये एक हो जाजरकोटको नलगाड नगरपालिकाको कल्पत क्षेत्र । कल्पत क्षेत्रमा भुकम्प प्रभावितहरुको एक अस्थायी बस्ति छ । नलगाड लगाएत छिमेकी पालिकाबाट घरबार विहिन एकसय पचास भन्दा बढि भुकम्प पडित परिवार कल्पतमा अस्थायी टहरामुनि यतिबेला पनि जिवन गुजारा गरिरहेका छन । पुननिर्माण विद्येयकको ढिलाइले भुकम्पको एक वर्ष बितिसक्दा समेत यतिबेला सम्म भुकम्प प्रभावित हरुले बसोबासको व्यवस्थापन गर्न सकिरहेका छैनन् । कल्पत क्षेत्रमा यतिबेला पनि भाडाको जमिनमा अस्थायी टिनमुनि ओत लागि रहेका छन मानिसहरु ।
कल्पत क्षेत्रमा गास बास कपास संगै खानेपानी र शौचालयको व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा नलगाड नगरपालिकाको सहकार्यमा सोसेक नेपालले शौचालयसँगै एकघर एक धाराको अभियान सञ्चालन गरेको छ । विगत भुकम्पको समयदेखी मानविय क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको सोसेक नेपालले उक्त क्षेत्रमा खानेपानी र शौचालयको क्षेत्रमा उपलव्धीमुलक माम गरेको छ । कल्पत क्षेत्र डाँडामा भएको र खानेपानीको व्यवस्थापन नहुँदा भुकम्प पिडितहरु लामो समयसम्म टाढाको खोलाबाट दुषित खानेपानी पिउन वाध्य थिए भने बस्तिमा पालिकासँगको सहकार्यमा एक सोसेक नेपालले शौचालयसँगै एक घर एक धारा अभियान सफल पारेसँगै भुकम्प पिडितहरुको ओठमा मुस्कान थपिएको छ ।

कल्पत क्षेत्रमा रहेको विद्यालयमा समेत खानेपानी र शौचालयको अभावमा पठनपाठनको समस्या रहेकोमा यतिबेला भने अपांगमैत्री शौचालय लगाएत शुद्ध पिउनेपानीको व्यवस्थापन भएको छ । बस्ति लगाएत विद्यालयका वालवालिकाहरुलाई खानेपानी समस्या समाधानमा यतिबेला ठुलो राहत उपलव्धभएको कल्पत बस्तिका अगुवा जनक परियारको भनाई रहेको छ।

यता सोसेक नेपालले पनि विगत भुकम्पको बेला देखी नै कुनै न कुनैरुपमा सहयोगका कार्यक्रमहरु गर्दै आइरहेको छ । करिब १ वर्ष पछि सरसफाईको क्षेत्रमा खानेपानी लगाएत शौचालय निर्माणको कामहरु भएको भन्दै बस्तिलाई अझैँ विभिन्न क्षेत्रमा सहयोगको खाँचो भएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाको भनाई रहको छ ।

यसरी भुकम्पको क्षतिबाट माथी उठ्न नसकेको कल्पत लगाएत विभिन्न बस्ति र क्षेत्रहरुमा यतिबेला पनि मानविय सहयोगको खाँचो रहेको छ । सरसफाई लगाएत खानेपानीको समस्या समाधानका लागि भएको यो प्रयासले स्थानिय तहलाई पनि हातेमालो गर्न सहयोग पुगेको छ ।

दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१४ माघ २०८१
अख्तियार अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्दन सम्बन्धि पालिका स्तरिय एकदिने अन्तरक्रिया कार्यक्रम दैलेखको भैरवी गाउँपालिकामा सम्पन्न भएको छ । आयोगको नियमित कार्यक्रम अन्तरगत प्रदेशका विभिन्न जिल्लाहरुको विभिन्न पालिकाहरुमा छनौट गरि गरिने कार्यक्रम अन्तरगत गरिएको अन्तरक्रिया कार्यक्रममा भैरवी गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम अख्तियार अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश प्रमुख रामकृष्ण पुडासैनीको अध्यक्षतामा भैरवी गाउँपालिका अध्यक्ष रिता कुमारी शाहीको प्रमुख आतिथ्यतामा उपाध्यक्ष देवी भण्डारी समेतको सहभागिता रहेको थियो । भैरवी गाउँपालिकाको सन्दर्भमा अख्तियार अनुसन्धान आयोगमा पौष महिनासम्ममा २८वटा मुद्दा दर्ता भएकोमा १४ वटाको सुनुवाई भइसकेको र बाँकी १४ रहेको तथ्यांक रहेको छ ।
कार्यक्रमको सन्दर्भमा बोल्दै भैरवी गाउँपालिका अध्यक्ष रिता कुमारी शाहीले भैरवी गाउँपालिकामा सुशासन कायम गर्न नसकिरहेको भन्दै राष्ट्र र आफ्नो मर्यादा बिर्सिनाले सुशासनको पाटो कमजोर हुनेमा जोड दिनुभयो । उहाँले समग्र भैरवीका उजुरीहरु भएपनि ति सबै मुद्दाका नभएको र सबै किनारा लाग्ने बताउनुभयो ।
सहभागिहरुले अख्तियार अनुसन्धान लगाए सुशासन र विभिन्न उजुरीहरुका सन्दर्भमा राखेका प्रश्नहरुको सहजिकरण अख्तियार प्रमुख पुडासैनीले गर्नुभएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।