२०८१ फाल्गुन २८ बुधबार
२०८१ फाल्गुन २८ बुधबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१ फाल्गुन,२०८१

दैलेखको दुल्लु नगरपालिकामा आर्थिक रुपमा पिछडिएका बादी समुदायलाई बाख्रा वितरण गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग, सोसेक नेपालको साझेदारीमा सञ्चालन भइरहेको गल्स म्याटर परियोजना अन्तर्गत दुल्लु नगरपालिका–१, तल्लो डुङ्गेश्वर नमुना बस्तीका आर्थिक रूपमा पछाडि परेका बादी समुदायका २० परिवारलाई ४० वटा बाख्रा वितरण गरिएको छ।

बाख्रा वितरण कार्यक्रममा दुल्लु नगरपालिका नगर प्रमुख भरत प्रसाद रिजालले बाख्रा वितरण कार्यक्रमले स्थानीय स्तरमा कृषिमा आधारित आयआर्जनका अवसरहरू विस्तार गर्न तथा पिछडिएका समुदायहरूको आर्थिक स्थिति सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो । कार्यक्रममा सहभागी किसानहरूलाई बाख्रा पालन सम्बन्धी आवश्यक जानकारी प्रदान गरिनुका साथै बाख्राको बीमा गराउने व्यवस्था पनि मिलाइएको छ । गल्स म्याटर परियोजना मार्फत महिलाहरूको सशक्तिकरण र परिवारको आयवृद्धिमा समेत टेवा पुग्ने लक्ष्य राखिएको छ। यस परियोजनाले कृषकहरूलाई आत्मनिर्भर बनाउने तथा दिगो कृषि प्रणालीमा जोड दिने उद्देश्य राखेको सोसेक नेपालमा कार्यरत हिक्मेन्द् माझीले बताउनुभयो ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१ फाल्गुन,२०८१

दैलेखको ठाटिकाँध गाउँपालिकाको राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगिता आजबाट सञ्चालन भएको छ । “राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नारा सहित आजबाट गाउँपालिकाको केन्द्र ठाठिकाँध खेलमैदानमा एक औपचारिक कार्यक्रम सहित खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । गाउँपालिकाको ६ वटै वडाभित्रका ७ वटा माध्यामिक विद्यालयहरुले खेलकुदमा सहभागिता जनाएका छन । उक्त खेलकुद प्रतियोगितामा मुख्य गरि छात्रछात्रा तर्फ कबड्डी, भलिवल, ज्यावलिंग, सर्टफुट लगाएत एथलेटिसका विभिन्न खेलकुदहरु हुनेछन । खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहीले खेलकुद मनोरञ्जनका लागि मात्र नभएको भन्दै भोलिका दिनहरुमा जिल्ला प्रदेश हुदै राष्ट्रिय स्तरमा समेत पहिचान कायम गर्नका लागि खेलाडी उत्पादनको मुख्य थलो भएको बताउनुभयो ।

गाउँपालिकाले विगत वर्षहरु देखि निरन्तर खेलकुदका विभिन्न कार्यक्रम र प्रतियोगिता सञ्चालन गर्दैै आइरहेको छ भने गत वर्ष जिल्लास्तरिय राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिसकेको छ । खेलकुद प्रतियोगिताको अवसरमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी प्रसाद उपाध्यायले गाउँपालिकाको नियमित चालु आर्थिक वर्षको नियमित कार्यक्रम तर्फ खेलकुद प्रतियोगिता भएको भन्दै सबै व्यवस्थापनमा गाउँपालिका सदैव तयार रहेको बताउनुभयो ।

उक्त खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम पश्चात बोल्दै मुख्य आयोजकको रुपमा रहेको ठाटिकाँध खेलकुद विकास समितिका अध्यक्ष दिक्पाल कुमार शाहीले खेलकुदका विविध गतिविधिबाट खेल र खेलाडीहरुलाई अगाडी बढाएको भन्दै भोलिका दिनहरुमा खेलाडीहरुलाई विभिन्न क्षेत्रमा सहभागिता जनाउने वातावरण सिर्जना गर्न चुनौतिका साथ अघि बढेको बताउनुभयो ।

उक्त खेलकुद प्रतियोगिता आगामी ३ दिनसम्म निरन्तर सञ्चालन ुहनेछ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।