२०८१ फाल्गुन २८ बुधबार
२०८१ फाल्गुन २८ बुधबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२३ फाल्गुन,२०८१

सोसेक नेपालको हातेमालो परियोजना मार्फत दुल्लु भैरवी क्षेत्रका अपांगता भएका व्यक्तीहरुलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ । दुल्लु नगरपालिका र भैरवी गाउँपालिकासँगको समन्वयमा उक्त परियोजनाको हाम्रो आवाज हाम्रो सहभागिता भन्ने नारा सहित अपांगता भएका व्यक्तीहरुको समुह स्वालम्बन समुह लगाएत सामुदायिक सहजकर्ताहरुलाई ३ दिने नेतृत्व विकास सम्बन्धि तालिम प्रदान गरिएको हो ।
अपांगता भएका व्यक्तीहरुले अन्य सामान्य व्यक्ती सरह काम गर्न सक्छन साथै उनिहरुले विभिन्न क्षेत्रमा नेतृत्व लिन सक्छन भन्ने उद्धेश्यका साथ उक्त तालिम प्रदान गरिएको छ भने सामुदायिक सहजकर्ताहरुले समाजका अपांगता भएका व्यक्तीहरुलाई समाज रुपान्तरणको क्षेत्रमा सहजिकरण गर्न सकुन भन्ने उद्धेश्यका साथ तालिम प्रदान गरिएको सोसेक नेपालले जनाएको छ । तालिम समापन पश्चात बोल्दै सोसेक नेपालका सामाजिक सहजकर्ता मान बहादुर थापाले पालिकासँगको सहजिकरणमा प्रदान गरिएको तालिमले अपांगता भएका व्यक्तीहरुका लागि जिवन सहज बनाउदै राज्यको पहुँचसम्म पुग्न सक्षम बनाउनु रहेको बताउनुभयो ।

तालिममा भैरवी गाउँपालिका क्षेत्रका ३५ जना विभिन्न समुहका पदाधिकारीहरुले सहभागिता जनाएका थिए ।.

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२३ फाल्गुन,२०८१

यस वर्षको अन्तराष्ट्रिय महिला दिवस अथवा ११५औँ अन्तराष्ट्रिय महिला दिवस फाल्गुन २४ को अवसरमा दैलेखको दुल्लु नगरपालिकाले आज एक औपचारिक कार्यक्रम र विविध साँस्कृति कार्यक्रम सहित ११५औँ अन्तराष्ट्रि महिला दिवस मनाएको छ । “सबै महिला तथा वालवालिकाको लागिः अधिकार समानता र सशक्तिकरण” भन्ने मुल नारा तय गरिएको यस वर्षको महिला दिवस मनाउने कार्यक्रम अनुसार उक्त कार्यक्रम मनाइएको हो ।
दुल्लु नगरपालिकामा क्रियासिल विभिन्न संघसंस्थाहरुको सहजिकरणमा विभिन्न वडाहरुबाट सहभागित आमा समुह, महिला समुह लगाएत विभिन्न समुहहरुद्धारा विभिन्न लोकनृत्य प्रतियोगिता सहित कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको अवसरमा बोल्दै दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीेले महिलाहरुको हक अधिकारका लागि मनाइने गरेको महिला दिवस भएपनि यतिबेला मौलिक परम्पराहरु लोप भइसकेको सन्दर्भ उठान गर्दै यतिबेला महिलाहरु नै महिलाका शासक भएकोमा आपत्ति जनाउनुभयो ।

प्रस्तुत गरिएका विभिन्न साँस्कृतिक कार्यक्रम र गितहरुमा महिलाका रोदनमाथी हक अधिकारका लागि कानुन बलियो हुनुपर्नेमा जोड दिइएको छ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।