
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२४ फाल्गुन,२०८१
दैलेखको भैरवी गाउँपालिका वडा नं. ४ तथा चामुण्डाबिन्द्रासैनी वडा नं. २ जोड्ने स्याउले गडाज्युला झोलुंगे पुलको आज एक कार्यक्रमका बिच सिलान्यास गरिएको छ । गडाज्युला क्षेत्रमा भैरवी खोलामा पुल नहुँदा वर्षौदेखी स्थानियबासीले जोखिमका साथ खोलामा यात्रा गर्नुका साथै सास्ति खेप्नु परिरहेको थियो । पुलको भैरवी गाउँपालिका अध्यक्ष रिता कुमारी शाही तथा उपाध्यक्ष देवी भण्डारीले संयुक्त रुपमा सिलान्यास गर्नुभएको छ ।
यतिबेला कर्णाली प्रदेश सरकारको पुर्वाधार विकास कार्यालय दैलेख मार्फत सञ्चालन गरिएको उक्त आयोजनाले ठुलो राहत पुग्ने स्थानियबासीले बताएका छन । ९२ मिटर लम्बाईको उक्त झोलुंगे पुल करिब ५५ लाखको लागतमा सम्पन्न हुनेछ । करिब १ लाख भन्दा बढि जनश्रमदान सहित आगामी असार मसान्त सम्म पुल निर्माण हुने र सामाग्री खरिदको टेन्डर पुर्वाधार विकास कार्यालय दैलेख मार्फत भईसकेको र काम तिब्ररुपमा अघि बढ्ने इन्जिनियर कालि बहादुर सुनारको भनाई रहको छ ।
पुल सिलान्यासको अवसरमा बोल्दै भैरवी गाउँपालिका अध्यक्ष रिता कुमारी शाहीले वर्षौदेखीको स्थानियबासीको चाहना पुरा भएको भन्दै चामुण्डाबिन्द्रासैनीको सिरौल बस्ति र भैरवीको स्याउले क्षेत्रका नागरिकहरुको ज्यान सुरक्षित भएको बताउनुभयो । उहाँले कामलाई गुणस्तरिय बनाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२४ फाल्गुन,२०८१
आज ११५औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस नेपालभर विविध कार्यक्रम सहित मनाइएको छ । कामदार वर्गका श्रमिक महिलाहरुले आन्दोलनबाट अधिकार प्राप्त गरेको दिनको सम्झना स्वरुप यो दिवसलाई नेपालमा समेत मनाउने गरिएको छ । कतिपय स्थानिय तहले यो दिनलाई सप्ताहव्यापी मनाउदै आएको मार्च ८ तारिखलाई नै मुख्य दिनका रुपमा लिने गरिएको छ ।
तर यो दिवसलाई श्रमिक महिलाका अधिकार सुनिश्चित भएको दिनका रुपमा नलिएर देखासिकी र रमाइलो गर्ने दिनका रुपमा समेत मनाउने प्रचलन यतिबेला बढिरहेको छ ।
तर पालिका प्रमुख तथा उपप्रमुख महिला भएको कर्णाली प्रदेशको एक मात्र स्थानिय तह दैलेखको भैरवी गाउँपालिकाले यो वर्षको महिला दिवसलाई फरक तरिकाले मनाएको छ । गाउँपालिकाको ७ वटै वडा क्षेत्रका अति विपन्न, असहाय र अपांगता भएका विद्यालयस्तरका वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै दिवस मनाइएको छ । गाउँपालिका स्थित महिला तथा वालवालिका शाखाको सहिजकरणमा सोसेक नेपालको समन्वयमा गरिएको उक्त कार्यक्रमको प्रभावकारीतामा वालवालिकाहरु खुशी भएका छन । कार्यक्रमको अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले रमाइलोमा मात्र सिमित नभएर वालवालिकाहरु भविश्यको कर्णधार भएको भन्दै उनिहरुलाई शैक्षिक सामाग्री सहयोग गर्दैै दिवस मनाएको प्रति खुशी व्क्त गर्नुभयो ।
११५औँ अन्तराष्टिय महिला दिवसको अवसरमा गाउँपालिका क्षेत्रका अपांग, असहाय, तथा विपन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण पश्चात बोल्दै भैरवी गाउँपालिका उपाध्यक्ष रिता कुमारी शाहीले दिवसहरु मनाउदै गर्दा रमाईलो गर्दा कुनै उपलव्धी हुने नभएकाले यतिबेला विभिन्न सहाराविहिन वालवालिकाहरुको भविश्य सुधारका लागि भएपनि सानो सहयोग गरेर दिवस मनाउदा आफुहरुलाई सन्तोष लागेको बताउनुभयो ।