२०८१ फाल्गुन २८ बुधबार
२०८१ फाल्गुन २८ बुधबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२४ फाल्गुन,२०८१

प्रतिनिधिसभा सदस्य माननिय सिता रानाले यतिबेला जनताहरुमा निरास र वितृष्णा फैलिनुमा राजनैतिक दलका अगुवाहरु नै भएको आरोप लगाउनुभएको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ८औँ वार्षिक साधारणसमालाई संवोधन गर्न पुग्नुभएकी सांसद रानाले राज्यबाट प्रदान गरिने हरेक सेवासुविधाहरु जनतासामु नपुग्नु दुःखको कुरा भएको भन्दै जनप्रतिनिधिहरु र कर्मचारीहरुले सहि रुपमा काम नगर्दा समेत जननताले दुःख पाएको बताउनु भयो । उहाँले राज्यका हरेक निति नियम समेत सोझा जनतलाई बुझाउने काम समेत राजनैतिक दल र जनप्रतिनिधिहरु देखी कर्मचारीहरुको दायित्व भएकोमा जोड दिनुभयो ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२४ फाल्गुन,२०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आफ्नो स्थापनाको ८औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । लोकतान्त्रिक गणतन्त्रमा देश संघियतामा गईसके पछि २०७३ फाल्गुन २७ गते घोषणा भएका देशका अन्य स्थानिय तहहरु मध्ये चामुण्डाबिन्द्रासैनी नगरपालिका पनि एक हो । दैलेखमा रहेका ११ वटा स्थानिय तहहरुमा फरक पहिचान बोकेको र मिलेको भुभागमा अवस्थित चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाको केन्द्र जम्बुकाँध बजारमा प्रभात फेरी सहित पञ्चबाजाको झाँकी सहित औपचारिक रुपमा सुरुभएको उक्त कार्यक्रमको अवसरमा जिल्ला स्थित विभिन्न पालिकाका प्रमुखहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु , नगरपालिकाका वर्तमान निवर्तमान जनप्रतिनिधिहरु लगाएत स्थानियबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । स्थानिय तहको निर्वाचन २०७९ पश्चात यतिबेलाका जनप्रतिनिधिहरुको आगमनसँगै नगरपालिका क्षेत्रमा भएका गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गर्दै नगरप्रमुख शाहीले राजनैतिक एकता बिना कुनैपनि विकास संभव नभएको भन्दै विगतदेखी नगरपालिकाको हरेक क्रियाकलापमा आपसि सहकार्यबाट आफुहरु अघि बढिरहेको तर्क प्रस्तुत गर्नुभयो । उहाँले विगतका दिनहरुमा झिनामसिना कुराहरुमा तिक्तता भएको भएपनि सबै जनप्रतिनिधिहरु र कर्मचारीहरु जनसेवक नै भएको समेत बताउनुभयो । उहाँले आगामी बाँकी रहेको २ वर्षे कार्यकालमा चामुण्डाबिन्द्रासैनीको थप विकास गर्दै विकास पुर्वाधार लगाएत शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत उल्लेख्य काम हुनेमा जोड दिनुभयो ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२४ फाल्गुन,२०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आफ्नो स्थापनाको ८औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । लोकतान्त्रिक गणतन्त्रमा देश संघियतामा गईसके पछि २०७३ फाल्गुन २७ गते घोषणा भएका देशका अन्य स्थानिय तहहरु मध्ये चामुण्डाबिन्द्रासैनी नगरपालिका पनि एक हो । दैलेखमा रहेका ११ वटा स्थानिय तहहरुमा फरक पहिचान बोकेको र मिलेको भुभागमा अवस्थित चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाको केन्द्र जम्बुकाँध बजारमा प्रभात फेरी सहित पञ्चबाजाको झाँकी सहित औपचारिक रुपमा सुरुभएको उक्त कार्यक्रमको अवसरमा जिल्ला स्थित विभिन्न पालिकाका प्रमुखहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु , नगरपालिकाका वर्तमान निवर्तमान जनप्रतिनिधिहरु लगाएत स्थानियबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त स्थापना दिवसको कार्यक्रमलाई दैलेख क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दिक्पाल कुमार शाहीले औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । उद्धघाटन कार्यक्रमको अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य शाहीले समग्र चामुण्डाबिन्द्रासैनीबासीका साझा समस्याहरु पुरा गर्न र संवृद्ध स्थानिय तह निर्माणका लागि सबै जनप्रतिनिधिहरु कर्मचारीहरु एक भएर लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले नगरपालिकाको ८औँ वार्षिकोत्सव समारोहलाई शुभकामना व्यक्त गर्दै समग्र दैलेख क्षेत्र नं. २ को विकासका लागि आफु सदैव दिगो ज्यानका साथ लागिपरेको समेत बताउनुभयो । उहाँले चुनाविताका बोलेका बचनहरुलाई अहिले पनि बिर्सिन नसकेको र भोलिका दिनमा आफ्नो कार्यकाल इतिहासमा सम्झिन लायक बनाउने समेत सांसद शाहीको तर्क रहेको थियो ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२४ फाल्गुन,२०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आफ्नो स्थापनाको ८औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । लोकतान्त्रिक गणतन्त्रमा देश संघियतामा गईसके पछि २०७३ फाल्गुन २७ गते घोषणा भएका देशका अन्य स्थानिय तहहरु मध्ये चामुण्डाबिन्द्रासैनी नगरपालिका पनि एक हो । दैलेखमा रहेका ११ वटा स्थानिय तहहरुमा फरक पहिचान बोकेको र मिलेको भुभागमा अवस्थित चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाको केन्द्र जम्बुकाँध बजारमा प्रभात फेरी सहित पञ्चबाजाको झाँकी सहित औपचारिक रुपमा सुरुभएको उक्त कार्यक्रमको अवसरमा जिल्ला स्थित विभिन्न पालिकाका प्रमुखहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु , नगरपालिकाका वर्तमान निवर्तमान जनप्रतिनिधिहरु लगाएत स्थानियबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा नगरपालिकाको सर्वागिंण विकासमा टेवा पुगाउने कर्मचारीहरु लगाएत विभिन्न वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुलाई निःशुल्क जग्गा दान गर्नुहुने स्थानियलाई सम्मान समेत गरिएको छ । उक्त स्थापना दिवसको कार्यक्रमलाई दैलेख क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दिक्पाल कुमार शाहीले औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । उद्धघाटन कार्यक्रमको अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य शाहीले समग्र चामुण्डाबिन्द्रासैनीबासीका साझा समस्याहरु पुरा गर्न र संवृद्ध स्थानिय तह निर्माणका लागि सबै जनप्रतिनिधिहरु कर्मचारीहरु एक भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाको उक्त स्थापना दिवसको अवसरमा नगरप्रमुख गणेश कुमार शाहीले नगरपालिकाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । स्थानिय तहको निर्वाचन २०७९ पश्चात यतिबेलाका जनप्रतिनिधिहरुको आगमनसँगै नगरपालिका क्षेत्रमा भएका गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गर्दै नगरप्रमुख शाहीले राजनैतिक एकता बिना कुनैपनि विकास संभव नभएको भन्दै विगतदेखी नगरपालिकाको हरेक क्रियाकलापमा आपसि सहकार्यबाट आफुहरु अघि बढिरहेको तर्क प्रस्तुत गर्नुभयो ।

नगरपालिकाको ८औँ वार्षिकोत्सव समारोहको अवसरमा नगरपालिका क्षेत्रका कर्मचारीहरु बिच हाजिरीजवाफ प्रतियोगिता समेत प्रस्तुत गरिएको छ भने नगरपालिका क्षेत्रमा प्रचलित हुड्के नाँच लगाएत मारुनी र देउडा प्रस्तुतिहरु प्रस्तुत गरिनुका साथै स्थानिय उद्यमीहरुले उत्पादन गरेका स्थानिय उत्पादनहरुका बस्तुहरुलाई समेत प्रर्दशनी समेत गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।