दिपेन्द्र कार्की बस्तकोटी,दैलेख
१३ वैशाख ,२०८२

नेपाल भेटेरिनरी एसोसिएसन कर्णाली प्रदेशद्धारा “पशु स्वास्थको लागि सामूहिक पहल” भने मुल नाराका साथ विश्व भेटेरिनरी दिवस २०२५को अवसरमा निःशुल्क पशु स्वास्थ शिविर सञ्चालन गरेको छ । उक्त स्वास्थ्य शिविरको अवसरमा सुर्खेत गौशाला मा भएका २०० जति पशु चौपायाको स्वास्थ परीक्षण तथा उपचार गरी आवश्यक mineral mix ,vitamins ,probiotics लगायत प्राथामिक उपचार का सामग्री प्रदान गरि गरिएको छ । उक्त कार्यक्रममा सहयोग Kantipur pharmaceuticals lab pvt ltdKathmandu,Nepal ,Livecare pharmaceuticals pvt ltd Chitwan,Nepal ,Quality vet center Birendranagar,Surkhet र kantipur vet distributors ले गर्नु भएको थियो
सुन्दर कर्णाली गौशाला सुर्खेत मा भेटेरिनरी एसोसिएसन कर्णाली प्रदेशका सचिब डा.लोकेन्द्र खड्का को अध्यक्षतामा प्रमुख अतिथी डा. लोकेन्द्र न्यौपाने विशिष्ट अतिथी सुन्दर कर्णाली गौशाला सुर्खेतका अध्यक्ष तारा पौडेल, बिशेष अतिथी डा. मदनमणी सापकोटा, अतिथि हरु डा.चेतन ढकाल ,डा. तनुजा सापकोटा ,डा. आकाश सुवेदी, डा.लक्ष्मी चौलागाई ,डा.अरुण चौलागाई , डा. प्रतिभा श्रेष्ठ को उपस्थिति मा सम्पन्न भएको कार्यक्रमका संचालिका डा. निर्दिष्ठा पाठक ले जानकारी दिनु भयो ।
