२०८२ बैशाख १४ आईतवार
२०८२ बैशाख १४ आईतवार

दिपेन्द्र कार्की बस्तकोटी,दैलेख
१३ वैशाख ,२०८२

नेपाल भेटेरिनरी एसोसिएसन कर्णाली प्रदेशद्धारा “पशु स्वास्थको लागि सामूहिक पहल” भने मुल नाराका साथ विश्व भेटेरिनरी दिवस २०२५को अवसरमा निःशुल्क पशु स्वास्थ शिविर सञ्चालन गरेको छ । उक्त स्वास्थ्य शिविरको अवसरमा सुर्खेत गौशाला मा भएका २०० जति पशु चौपायाको स्वास्थ परीक्षण तथा उपचार गरी आवश्यक mineral mix ,vitamins ,probiotics लगायत प्राथामिक उपचार का सामग्री प्रदान गरि गरिएको छ । उक्त कार्यक्रममा सहयोग Kantipur pharmaceuticals lab pvt ltdKathmandu,Nepal ,Livecare pharmaceuticals pvt ltd Chitwan,Nepal ,Quality vet center Birendranagar,Surkhet  र kantipur vet distributors ले गर्नु भएको थियो 

 सुन्दर कर्णाली गौशाला सुर्खेत मा भेटेरिनरी एसोसिएसन कर्णाली प्रदेशका सचिब डा.लोकेन्द्र खड्का को अध्यक्षतामा प्रमुख अतिथी डा. लोकेन्द्र न्यौपाने विशिष्ट अतिथी सुन्दर कर्णाली गौशाला सुर्खेतका अध्यक्ष तारा पौडेल, बिशेष अतिथी डा. मदनमणी सापकोटा, अतिथि हरु डा.चेतन ढकाल ,डा. तनुजा सापकोटा ,डा. आकाश सुवेदी, डा.लक्ष्मी चौलागाई ,डा.अरुण चौलागाई , डा. प्रतिभा श्रेष्ठ को उपस्थिति मा सम्पन्न भएको कार्यक्रमका संचालिका डा. निर्दिष्ठा पाठक ले जानकारी दिनु भयो ।

दिपेन्द्र कार्की बस्तकोटी,दैलेख
१३ वैशाख ,२०८२

दैलेखको दुल्लु अस्पतालमा आजदेखी ३ दिनसम्म विशेषज्ञ स्वास्थ्य शिविर तथा जनस्वास्थ्य अभियान सञ्चालन भएको छ । वैशाख १३ देखी १५ गते सम्म दुल्लु अस्पतालमा सञ्चालन हुने उक्त स्वास्थ्य शिविरमा मुख्यतया मानसिक स्वास्थ्य तथा परामर्र्श सेवा लगाएत हाडजोर्नी सम्बन्धि सेवाहरु रहेका छन । स्वास्थ्य सेवा कार्यालय दैलेख तथा दुल्लु नगरपालिकाको समन्यात्मक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको दुल्लु अस्पतालले जनाएको छ । उक्त स्वास्थ्य शिविर सञ्चालनको अवसरमा दुल्लु अस्पतालका प्रमुख डा.रहिस कोजुले भन्नुभयो हामीले दैनिक दुल्लु अस्पतालबाट प्रवाह गरिने सेवाहरु नियमित प्रदान गरिरहेका छौँ तर पनि शिविरमा थप यहाँका नागरिकहरुले सेवा लिनेमा विश्वस्त छौँ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।