२०८२ बैशाख १७ बुधबार
२०८२ बैशाख १७ बुधबार

भैरवी ३ द्धारा स्थानिय कला सँस्कृति संरक्षणमा चासो…….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१४ वैशाख,२०८२

दैलेखको भैरवी गाउँपालिकाले स्थानिय कला सँस्कृति संरक्षणमा चासो देखाएको छ । मुस्लिम समुदायको बसोबास रहेको जिल्लाकै एक मात्र वडा भैरवी गाउँपालिका ३ ले स्थानिय स्तरका विभिन्न कला सँस्कृति संगै पञ्चेबाजा र देउडा सँस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि विगत केहि महिना यता विभिन्न कार्यक्रम समेत गर्दै आइरहेको छ ।
वडाले आज एक औपचारिक कायृक्रमका बिच स्थानिय स्तरका देउडा, पञ्चेबाजा, झोडा माँगल,धमारी, (सरम)तरबार नाच जस्ता विभिन्न कार्यक्रमहरु प्रस्तुत गर्दै अगाडी बढेको छ । सो अवसरमा बोल्दै भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिका स्तरका हरेक कला सँस्कृति र रितिरिवाजलाई जगेर्ना गर्दै भोलिका सन्ततिहरुलाई सुम्पिन सक्नु आजको आवश्यकता र चुनौतिको विषय भएकोमा जोड दिनुभयो ।

यसैगरि वडास्तरमा गरिएको उक्त पञ्चेबाजा र देउडा संरक्षण कार्यक्रमको अवसरमा बोल्दै भैरवी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष भक्ती प्रसाद उपाध्यायले दुल्लु भैरवी माझखण्डमा विभिन्न पुरातात्वीक सम्पदाहरु लगाएत कला सँस्कृतिहरुकोल धरोहर भएकाले वडास्तरबाट तिनको संरक्षणका लागि कार्यक्रमहरु गर्दै आएको र हरेक महिनाको १५ गते नियमित कार्यक्रम गरिने बताउनुभयो ।

उक्त वडामा हिन्दु मुस्लिम समुदायका साझा पर्वहरु र सँस्कृतिहरु रहनुका साथै सरम नाचको रुपमा तरबार नाच मुस्लिम समुदायले प्रस्तुत गर्ने नौलो र अनौठो प्रचलन समेत विद्यमान छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।