
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
४ चैत्र,२०८१
पहाडमा पिछडिएको दलित समुदाय जस्तै तराँई क्षेत्रमा थारु जाति पनि एक पिछडिएको जातिको रुपमा लिइन्छ । कृषि,ज्याला मजदुरी लगाएत विभिन्न शिप बेचेर जिविकोपार्जन गर्ने उनिहरु यतिबेला जनजातिको रुपमा समेत स्थापित छन ।
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतको पश्चिम फलाँटे बस्तिका थारु समुदायका महिलाहरु यतिबेला विभिन्न उद्यमतिर आकर्षित भएका छन । बिरेन्द्रनगर नगरपालिका, वडा र सोसेक नेपालको संयुक्त प्रयासमा त्यस क्षेत्रको समुदायका महिलाहरुलाई अगरबत्ति बनाउने तालिम, तरकारी व्यावसाय, च्याउखेती लगाए गड्यौला मल उत्पादन देखी पशुपालन र विभिन्न आयआर्जनका शिपहरुमा तालिम तथा सहयोग पश्चात उनिहरु यतिबेला हौसिएका छन । उनिहरु सामुहिक रुपमा अगरबत्ति बनाउदैँ बजार क्षेत्रका पशलहरुमा पुगाउनुका साथै गरिएको लगानी र प्रतिफलको हिसाबकिताब समेत गर्छन भने सामुहिक रुपमै तरकारीखेती, च्याउखेती गर्दै बजार क्षेत्रमा पुगाउँछन । अर्कोतर्फ उनिहरु गड्यौला खेति गर्दै त्यसबाट उत्पादित मल तरकारी खेतिमा प्रयोग गर्छन र मनग्य लाभ लिन सफल भएका छन । घरबाट बाहिर निस्केर आफ्नो परिचय समेत दिन लजाउने उनिहरु यतिबेला तालिम पाएसँग बोल्न र मनका कुरा खोल्दै आयआर्जनबाट घरपरिबार समेत चलाउन सक्ने भएको प्रति खुशी व्यक्त गर्छन ।
त्यसो त यतिबेला उनिहरुलाई बिरेन्द्रनगर नगरपालिका वडा नं. २ कार्यालयले समेत तालिम लगाएत उद्यमी बन्नलाई विभिन्न सहयोग गरेको छ । सोसेक नेपालसँग हातेमालो गर्दै उनिहरुलाई प्रदान गरिएको तालिमले नमुना बस्तिको रुपमा थारुसमुदायलाई परिवर्तन मात्र गरेको छैन आयआर्जनमा समेत खुशीलाग्दो उपलव्धी प्रति वडाध्यक्ष गज बहादुर बुढा आशावादी देखिनुहुन्छ ।
यता सोसेक नेपालले समेत पिछडिएको थारु समुदायका महिलाहरुलाई प्रदान गरिएको तालिमले उनिहरुलाई आफ्नो पहिचान स्थापित गराउर्दै उद्यमी समेत बन्न सिकाएको बताएको छ । विगतमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्न वाध्य चौधरी समुदायका महिलाहरु यतिबेला विभिन्न उद्यमबाट उत्पादित बस्तुलाई पालिकासँगको सहकार्यमा बजारीकरण गर्न सकेको खण्डमा आन्तरिक आयमा समेत वृद्धि गर्न सकिने सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाको भनाई रहको छ ।
यसरी राज्यको नजरभन्दा बाहिर रहेको बस्तिमा गरिएकोल लगानीले पाएको उपलव्धिले त्यस क्षेत्रका महिलाहरुलाई आयआर्जन तर्फ उन्मुख गराएको छ भने अर्कोतर्फ उनिहरुको उत्पादनलाई कुनै पहिचानसँग जोड्न सकेको खण्डमा सिंगो पालिकाको नाम समेत उच्च हुनेमा दुइमत छैन ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
४ चैत्र,२०८१
दैलेखको नौमुले गाउँपालिकाका महिलाहरु यतिबेला अल्लोको कपडा बुनाई सिप सिक्दैछन । दैलेखको उत्तरपुर्वमा अवस्थित नौमुले गाउँपालिका जुन विगत द्धन्दकालमा अत्यन्तै प्रभावित क्षेत्रका रुपमा समेत परिचित छ । फरक भुबनोट साथै प्रशस्त अल्लो पाइने नौमुलेका महिलाहरुले विगतमा अल्लो प्रशोधन लगाएत धागो बनाउने तालिम लिइसकेका छन । उनिहरु यतिबेला अल्लोको धागोबाट विभिन्न कपडाहरु बुन्ने शिप र तालिम तर्फ आकर्शित भएका छन ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले गाउँपालिकासँगको सहकार्यमा उद्यम र व्यावसायमा आधारित ४५ दिने अल्लोको धागोबाट कपडा बुन्ने तालिम प्रदान गरेसँगै १० जना महिला युवतिहरु तालिममा सहभागि भएका छन । यतिबेला अल्लोबाट निर्मित विभिन्न कपडाहरु लोकप्रिय हुनुका साथै विदेशी बजारमा समेत माग बढ्दै आइरहेको समयमा तालिम पश्चात महिलाहरुले गाउँपालिका क्षेत्रमा व्यावसाय सञ्चालन गर्नुका साथै नौमुलेको पहिचानमा आधारित व्यावसायबाट जिविकोपार्जनमा समेत टेवा पुग्ने नौमुले गाउँपालिकाले जनाएको छ । तालिम सञ्चाालनको क्रममा बोल्दै उद्योग तथा उपभोत्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख शंकर थापाले जिल्लाका विभिन्न पालिकाहरुमा विभिन्न शिपमुलक तालिम प्रदान गरिरहेकोल भन्दै नौमुले क्षेत्रमा अल्लोको कच्चापदार्थ समेत उपलव्ध हुने भएकाले यहाँका महिलाहरुलाई उद्यमी बनाउन तालिम फलदायि हुने बताउनुभयो ।
तालिम गत फाल्गुन २९ गतेबाट सञ्चालनमा रहेको छ भने आगामी वैशाख १३ गते समापन हुनेछ ।
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
दैलेखको दुल्लु नगरपालिका ११ भाँतुका महिला उद्यमीहरुले व्यावसायिक रुपमा दुना टपरीको कामको सुरुवात गरेका छन । उद्योग तथा उपभोक्ता हित संरक्षणल कार्यालय दैलेख र दुल्लु नगरपालिकाको सहकार्यमा त्यस क्षेत्रका २८ जना महिलाहरुलाई सालको पातको टपरी र दुना बनाउने तालिम प्रदान गरिएको थियो । बनमा खेर गईरहको सालको पातबाट शुभ अशुभ काम र विवाह व्रर्तबन्ध लगाएत विभिन्न पाटीहरुका लागि प्रयोग हुने दुना टपरी निर्माण गर्दै व्यावसायिक रुपमा आयआर्जन गर्न सहयोग गर्ने बताईएको छ ।
आज एक औपचारिक कार्यक्रमका बिच तालिम समापन गर्दै आजबाट महिलाहरुले व्यावसायको सुरुवात गर्न अग्रसर भएका छन । तालिम समापनको अवसरमा बोल्दै दुल्लु नगरपालिका नगरप्रमुख भरत प्रसाद रिजालले नगरपालिकाले उद्यमीहरुका लागिद विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा विभिन्न तालिमहरु प्रदान गर्दै आईरहको र आवश्यकता अनुसार केहि गर्न चाहने उद्यमीहरुका लागि औजार उपकरण लगाएत आर्थिक सहयानेग समेत गर्दै आइरहेको बताउनुभयो ।
त्यसैगरि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख संकर थापाले कार्यालयबाट जिल्लाका विभिन्न पालिकाका र वडा क्षेत्रमा विभिन्न क्षेत्रका उद्यमीहरु उत्पादन गर्दै गाउँघरमा खेर जाने कच्चापदार्थबाट विभिन्न उत्पादनका क्षेत्रमा काम गर्दै उद्यमी बनेर आयआर्जनको काम गर्न विभिन्न तालिम प्रदान गरिरहेको सन्दर्भ उठान गर्दै यस क्षेत्रका महिलाहरुले दुनाटपरी उद्योगबाट आफ्नो पहिचान बनाउनेमा आशावादी भएको धारणा राख्नुभयो ।
दुना टपरी निर्माणबाट बजार क्षेत्रमा पाइने पलास्टिक जन्य पदार्थको प्रयोगमा कमी आउने आशा गरिएको छ ।